नेपालको निर्यात व्यवसाय सम्बन्धि जानकारी दिन ‘नेपाल व्यापार सूचना पोर्टल’ सुरुवात

Technology Khabar १४ माघ २०७७, बुधबार

नेपालको निर्यात व्यवसाय सम्बन्धि जानकारी दिन ‘नेपाल व्यापार सूचना पोर्टल’ सुरुवात
Classic Tech

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रले  वैदेशिक व्यापारसम्बन्धी सूचना प्रवाहको सहजीकरणका लागि नयाँ जानकारीमूलक पोर्टलको सुरुवात गरेको छ ।

केन्द्रले ‘नेपाल व्यापार सूचना पोर्टल’ नामक नयाँ अनलाइन पोर्टलको मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुभारम्भ गरे।

सो पोर्टलमा वैदेशिक व्यापारसम्बन्धी तथ्यांकको जानकारी तथा बहुआयामिक ढंगले तथ्यांकको विश्लेषणका लागि सहयोग गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, निर्यातजन्य व्यवसायीहरुले सो पोर्टलमार्फत् लगइन गरी आफूले उत्पादन गरेका निर्यातजन्य वस्तु तथा सेवाको बारेमा निशुल्क रुपमा प्रचारप्रसार गर्नसक्ने व्यवस्था समेत सो पोर्टलमा गरिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सो पोर्टलमा निर्यातसम्बन्धी कानून र यसको प्रक्रिया, वैदेशिक व्यापारसम्बन्धी सूचना तथा विश्लेषण र प्रचारप्रसारका लागि पोर्टल उपयोगी हुने बताउँदै भावी दिनमा यसमा थप नयाँ फिचर थप्दै जाने जानकारी दिए ।

त्यस्तै, उद्योग मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सो पोर्टलमा नेपालको निकासीजन्य वस्तुको सम्बन्धित गन्तव्य देशमा हुने मागबारे तथा आयातको अवस्थाबारे जानकारी पनि थप गर्दै जाने व्यवस्था रहेको जानकारी दिए ।

केन्द्रले भन्सार विभागबाट प्राप्त गरेका आयात तथा निर्यातसम्बन्धी तथ्यांकलाई प्रशोधन तथा प्रकाशन गर्ने तथा निर्यात प्रवद्र्धन तथा सहजीकरणसम्बन्धी नीति निर्माणका लागि सरकारलाई सिफारिस गर्दै आएको छ । सो पोर्टलमा विभिन्न देश तथा बहुराष्ट्रिय व्यापार सम्झौताहरुलाई समेत एकीकृत गरेर राखिएको छ।

यसका साथै पोर्टलमा निर्यातकर्ताहरुले समेत निर्यात गरिएका वस्तु तथा सेवाहरुको बिबरण राख्न सकिने सुबिधा रहेको छ । पोर्टलले व्यापारसँग सम्बन्धित बजारीकरण तथा प्रचारप्रसारको काम समेत गर्ने बताईएको छ ।

TK Viber

प्रकाशित: १४ माघ २०७७, बुधबार

Loading...