कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउससँग आबद्ध

Technology Khabar १३ माघ २०७७, मंगलवार

कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउससँग आबद्ध

काठमाडौं ।

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस, र कनेक्ट आरटिजिएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ ।

उक्त सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गरेका छन् ।

एनसीएचएल आईपीएस प्रणाली मार्फत बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने (डाइरेक्ट क्रेडिट) र लिने (डाइरेक्ट डेबिट) जस्ता अन्तर्बैंक कारोबारहरु गर्न सक्छन् भने कनेक्ट आरटिजिएस प्रणाली मार्फत ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले अब कनेक्ट आईपीएसको वेभ र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी कारोबारहरु पनि गर्न सक्नेछन् ।

easy care

प्रकाशित: १३ माघ २०७७, मंगलवार

ताजा समाचार