Technology Khabar १३ माघ २०७७, मंगलवार
मोरङ्ग बिराटचोकका उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्ने भएका छन् । मंगलबारदेखि लागु हुने गरी आइएमई पे वालेटले यस्तो सेवा सुरु गरेको हो ।
उक्त सेवाको लागि आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताबाट करिब ६ हजार घरधुरी लाभान्वित हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: १३ माघ २०७७, मंगलवार