एनआईसी एशिया बैंकको डेबिट कार्डको आवेदन अनलाइनबाटै दिन सकिने

Technology Khabar १३ माघ २०७७, मंगलवार

एनआईसी एशिया बैंकको डेबिट कार्डको आवेदन अनलाइनबाटै दिन सकिने

काठमाडौं ।

एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने प्रणाली सुरु गरेको छ ।

बैंकले आफ्नो वेबसाइमा रहेको आइसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको हो ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको बैंकले जनाएको छ ।

आइसर्भ सेवा भित्र सेवाग्राहीहरूले बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरीफाई गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्ने र त्यसपश्चात ग्राहकहरुले इन्सटान्ट कार्ड वा नेम इम्बोस्ड कार्ड तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको बैंकले जनाएको छ ।

बैंकको अनुसार यस प्रकृयाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएस मार्फत रिफरेन्स कोड सहित जानकारी गराइने र ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकरूलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था गरेको छ ।

उक्त रिफरेन्स कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउण्टरमार्फत आफुले अनुरोध गरेका डेबिट कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: १३ माघ २०७७, मंगलवार