Technology Khabar १३ माघ २०७७, मंगलवार
नेपाली बजारमा करिब एक दर्जन मोबाइल वालेटहरु संचालनमा छन् । जसमध्ये सबैभन्दा धेरै प्रयोग हुनेमा इसेवा, खल्ती, आइएमईपे, प्रभु पे वालेटलगायत केहि मोबाइल वालेट कम्पनीहरु मात्र छन् ।
यी कम्पनीहरु बीच पनि बजारमा निकै तिब्र प्रतिस्पर्धा रहेको छ । बजारमा कसले धेरै ग्राहक बनाउने र कति धेरै सेवा उपलब्ध गराउने भन्ने चर्को प्रतिस्पर्धा रहेको छ । यसले कहिलेकाँही ग्राहकहरु नै झुक्किने र भ्रमित हुने गरेका छन् ।
तर यहि बीचमा मोबाइल वालेटहरुले डिजिटल पेमेन्ट र मोबाइल वालेटको बजार बिस्तार गर्न सामूहिक भुमिका समेत खेल्ने गर्दछन भने एक आपसमा तिब्र प्रतिस्पर्धाका बिच सहृदयी समेत हुने गरेका छन् ।
यसैको एक उदाहरण आइएमई पेले देखाएको छ ।
आइएमई पेले इसेवा र खल्ती वालेटलाई जन्मदिनको शुभकामना दिएको छ । खल्तीले आजै ४ वर्ष पुरा गरेको छ ।आइएमई पेले इसेवालाई सोमबार १२ वर्ष पुरा गरेकोमा शुभकामना दिएको थियो भने आज खल्तीलाई समेत वार्षिकोत्सवको शुभकामना दिएको छ ।
आज भएको खल्ती वार्षिकोत्सवको अवसर पारेर सोशल मिडिया ट्विटरबाट आइएमई पेले शुभकामना दिएको छ । जसमा ‘खल्तीमा थप एक वर्ष थपिएको र यसले दुबैको साझा लक्ष्यमा एक कदम अगाडि बढेर लक्ष्य देखाउने उल्लेख गरिएको छ।’
Today, one more digit is added to your age, one that demonstrates another year of overcoming, achievement &a step forward to our common goal.
Happy birthday @KhaltiOfficialCheers to all that you have been doing and many more to come.
— IME Pay (@imepay_official) January 26, 2021
आइएमई पे यसअघि पनि हिजो मात्र इसेवाको १२ वर्ष पुरा गरेको अवसरमा बधाई तथा शुभकामना दिएको थियो । जसमा दुबै एउटै दौडमा रहेपनि डिजिटल नेपालको अभियानमा भने सँगै रहेको उल्लेख गरेको थियो । जसमा इसेवाले १२ वर्षमा गरेको योगदानलाई स्मरण गर्दै बधाई दिएको थियो ।
Technically we are running the same race but we are only two sides of a coin, each carrying a bigger purpose which is to digitalize Nepal.Cheers to the 12yrs of continuous effort that you have dedicated to this industry & to our country as a whole Happy 12th Birthday @eSewaNepal
— IME Pay (@imepay_official) January 25, 2021
प्रकाशित: १३ माघ २०७७, मंगलवार