Technology Khabar १३ माघ २०७७, मंगलवार
सामसङको एक्सनोस९०० को तुलनामा एक्सनोज २१०० को क्षमतामा धेरै सुधार देख्न सकिन्छ । तर एप्पलको ए१४ बायोनिक तुलनामा यसको परफरमेन्स खासै उत्कृष्ट छैन्।
एप्पल ए१४ बायोनिकले प्रयोगकर्तालाई उत्तम अनुभव प्रदान गर्छ । एक्सनोज २१०० को तुलना स्न्यापड्रागन ८८८ चिपसेटसँग हुने गरेको छ ।
प्रारम्भिक स्पिड टेस्टमा एक्सनोस२१०० जीपूयू प्रदर्शन त्यति अब्बल देखिएको छैन । त्यसकारण सामसङले नयाँ चिपसेटको प्रदर्शन र दक्षता अनुकूल बनाउन एएमडीको विशेषज्ञता खोजेको छ।
दक्षिण कोरियाली वेबसाइट क्लाइमको दाबी अनुसार सामसङले नयाँ चिपसेट विकास गरिरहेको छ । जसको परफरमेन्स एप्पलको ए१४ बायोनिकको जस्तै वा त्यो भन्दा अब्बल हुनेछ । यो महत्वाकांक्षी योजना हो ।
रिर्पोटका अनुसार एसओसीको पर्फमेन्स रिलिज टाइमलाइनको आधारमा तय हुनेछ । यदि सामसङले नयाँ एक्सनोस फ्ल्यागसिप एसओसी पछि घोषण गर्यो भने एएमडीको विशेषज्ञताबाट पावर खपत र तापक्रम अनुकूलन गर्न सक्छ ।
जीएफएक्सबेन्चमा नयाँ एक्सनोस चिपको डाटा ए१४ बायोनिकको भन्दा राम्रो देखिएको छ । प्रारम्भिक परीक्षणमा नयाँ एक्सनोस चिपको क्षमता ए१४ बायोनिकको भन्दा अब्बल देखिएको छ ।
सामसङले नयाँ एक्सनोस चिपसेट सन् २०२१ को पहिलो वा दोस्रो त्रैमासिकसम्ममा सार्वजनिक गर्नेछ । एजेन्सी
प्रकाशित: १३ माघ २०७७, मंगलवार