डिजिटल नेपाल फ्रेमवर्क मुलुकको रुपान्तरणकारी कार्ययोजना: सञ्चारमन्त्री गुरूङ

Technology Khabar १३ माघ २०७७, मंगलवार

डिजिटल नेपाल फ्रेमवर्क मुलुकको रुपान्तरणकारी कार्ययोजना: सञ्चारमन्त्री गुरूङ
Classic Tech

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ‘डिजिटल नेपाल फ्रेमवर्क’ मुलुकको रुपान्तरणकारी कार्ययोजना भएको बताएका छन् ।

मन्त्री गुरुङले यस कार्ययोजनालाई सफल बनाउन दृढतापूर्वक सरकार लागेकाले यसलाई सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरे ।

प्रवक्ता गुरुङले डिजिटल नेपाल फ्रेमवर्कसँग सम्बन्धित सरोकारवाला निकाय र सरकारबीच सहकार्य आवश्यक रहेको समेत स्पष्ट पारे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा सोमबार मन्त्रालयमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए।

उनले भने, “सूचना प्रविधिको क्षेत्रमा समेत अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । त्यसका लागि प्रविधि सम्मेलनको अवधारणा अगाडि सारेका छौं ।”

उनले ‘एप’ सार्वजनिक गर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नरहेको चर्चा गर्नुहुँदै यसको उपादेयताबारे पनि स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

उनले विज्ञहरुको राय, सुझावलाई ग्रहण गरेर सूचना प्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञहरुको ‘रोष्टर’ बनाउने कार्यलाई अन्तिम चरणमा पुर्याएको पनि स्मरण गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयको कामलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढन मन्त्रालय तयार रहेको बताए। आजको गोरखापत्रबाट

TK Viber

प्रकाशित: १३ माघ २०७७, मंगलवार

Loading...