रसियाको नेभिगेसन सिस्टममा पाँच वटा स्याटेलाईट थपिने

Technology Khabar १३ माघ २०७७, मंगलवार

रसियाको नेभिगेसन सिस्टममा पाँच वटा स्याटेलाईट थपिने

रसियाको नेभिगेसन सिस्टममा पाँच वटा स्याटेलाईट थपिने भएको छ । रिर्पोटका अनुसार रसियाले यस वर्ष ग्लोनास नेभिगेसन उपग्रह नेटवर्क विस्तारलाई निरन्तरता दिने भएको छ ।

सन् २०२१ भित्रमा रसियाले कम्तीमा पनि पाँच वटा स्याटेलाईट प्रक्षेपण गर्नेछ । रसियाले सन् २०२१ को दोस्रो वा तेस्रो त्रैमासिकमा दुई वटा ग्लोनास–के स्याटेलाईट प्रक्षेपण गर्ने योजना बनाएको छ ।

सन् २०२१ को अन्त्यसम्म ग्लोनास–एम सिरिजको स्याटेलाईट सार्वजनिक गर्ने रसियाको तयारी छ ।

रसियाको अघिल्लो ‘एम’ मोडलको स्याटेलाईटको तुलनामा ग्लोनास–के २ मोडल परिस्कृत टेक्निकल इन्डिकेटर र अपरेटिङ लाईफ सुधार गरिएको छ । एल१ र एल२ फ्रिक्वन्सी ब्यान्डको प्रसारण अतिरिक्त ग्लोनास–के ले ‘एल३’ फ्रिक्वन्सी ब्यान्डमा ‘भिन्न कोड’ नेभिगेसन सिग्नल प्रसारित गर्ने क्षमता राख्छ ।

हाल रसियाको नेभिगेसन सिस्टमा २८ वटा स्याटेलाईट छन् । जसमा २३ वटा सञ्चालनमा छन् । दुई वटा मर्मतका क्रममा छन् भने दुई फ्लाईट परीक्षणमा छन् र एउटा ब्याकअपका लागि राखिएको छ। एजेन्सी

TK Viber

प्रकाशित: १३ माघ २०७७, मंगलवार

Loading...