गुगलको विकल्पमा नयाँ सर्च इन्जिन ‘नीभा’ आउँदै, कुनै विज्ञापन नदेखाईने

Technology Khabar १३ माघ २०७७, मंगलवार

गुगलको विकल्पमा नयाँ सर्च इन्जिन ‘नीभा’ आउँदै, कुनै विज्ञापन नदेखाईने
Classic Tech

गुगलको विकल्पमा छिट्टै नयाँ भारतीय सर्च इन्जिन आउने भएको छ । गुगलका पूर्व कर्मचारी श्रीधर रामास्वामी र विवेक रघुनाथनले विज्ञापन रहित र प्राइभेट सर्च इन्जिनको रुपमा ‘नीभा’ ल्याउने भएका हुन् ।

यो एक पेड (पैसा तिरेर चलाउने) प्रोडक्ट हो । रामास्वामीका अनुसार समय सँगसँगै कम्पनीमा धेरै भन्दा धेरै विज्ञापन देखाउने दवाब बढ्छ, जुन उपभोक्ताले रुचाउँदैनन् ।

‘हामी एक उत्कृष्ट सर्च इन्जिन बनाउने प्रयासमा छौं । जसले केबल उपभोक्ताको आवश्यकता पूर्ति गर्नेछ,’ उनले भनेका छन्।

यस विषयमा उनी जानकार छन् किन भने यस अघि उनी गुगलको एड एन्ड कमर्समा वरिष्ठ उपाध्यक्षका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।

रामास्वामी मुम्बई आईआईटीका उत्पादन हुन् । रघुनाथन पनि युट्युबको मोनिटाइजेसनको उपाध्यक्षको रुपमा काम गरेका व्यक्ति हुन् । रघुनाथनले पनि गुगल असिस्टेन्टको टेक लिडरको रुपमा काम गरिसकेका छन् । रघुनाथन आईआईटी चेन्नाईका उत्पादन हुन् ।

दुई अर्ब ७३ करोड भारु फन्ड संकलन

अमेरिकामा नीभाको ४५ जनाको टिम छ । कम्पनीले यसलाई अबको चारदेखि पाँच महिना भित्रमा अमेरिकामा सार्वजनिक गर्ने योजना बनाएको छ । पहिलो चरणमा अमेरिका त्यसपछि पश्चिम यूरोप, अस्ट्रेलिया र भारतमा सार्वजनिक गरिनेछ । रामास्वामीका अनुसार उनीसँग इन्जिनियर, डिजाइनर, प्रोडक्ट म्यानेजर र कर्मचारीको ठूलो टिम छ ।

हालसम्म यस परियोजनाका लागि दुई अर्ब ७३ करोड भारु संकलन गरिएको छ । अहिले उपभोक्ताले प्रयोग गरिरहेका उत्पादन भन्दा यो भिन्न खालको हुने रामास्वामीको दाबी छ । वर्तमानका प्रोडक्टले ड्रपबक्स र इमेल एकाउन्ट लगायत सर्भिसमा पर्सनल डाटा सर्च र क्वारीजका लागि सिंगल विन्डो प्रदान गरिरहेको छ ।

उपभोक्ताको डाटा पूर्ण सूरक्षित

व्यक्तिगत डाटाको विषयमा रामास्वामी भन्छन्, ‘हामी दाबीका साथ भन्न सक्छौ कि प्रोडक्ट तथा कम्पनीलाई यस तरिकाले डिजाइन गरिएको छ कि व्यक्तिगत डाटा सिर्फ उत्कृष्ट परिणाम देखाउनका लागि इंडेक्स गरिने छ । यसका अलावा कुनै काममा व्यक्तिगत डाटाको प्रयोग गरिने छैन । हामीले उपभोक्ताका लागि यो कम्पनी बनाएका हौं । हामी यो सुनिश्चित गर्न चहान्छौं कि रेभेन्यू सोर्स मात्र भएको कम्पनी हो ।’

उपभोक्ताको डाटा कम्पनीले कुनै पनि हालतमा अन्य कम्पनीलाई बिक्री नगर्ने रामास्वमीको दाबी छ । साथै सर्च हिस्ट्रीलाई ९० दिनपछि डिफल्ट रुपमा हटाइने छ । गुगलमा १८ महिना पछि मात्र सर्च हिस्ट्री डिफल्ट रुपमा हटाइन्छ ।

प्रतिद्वन्दी कम्पनीले विज्ञापन कटौती गर्नुपर्ने हुन्छ

रामास्वामी पेड प्रोडक्टको चुनौतीका बारेमा जानकार छन् । यो उत्पादन गुणस्तरिय र सुरक्षित हुने कुरा रामास्वामी सुनिश्चित गर्न चाहान्छन् । यो एक प्रेरणा हो । स्पोटिफाई र ड्रपबक्सको उदारण दिँदै उनले भने यी प्रोडक्ट आफ्नो सेगमेन्टमा सफल छ । उपभोक्ताका लागि धेरै निःशुल्क विकल्प पनि उपलब्ध थियो । आशा गर्न सकिन्छ कि नीभाले आफ्नो प्रतिद्वन्दीलाई विज्ञापन कटौती गर्न दवाबकारी भूमिका निर्वाह गर्नेछ ।

TK Viber

प्रकाशित: १३ माघ २०७७, मंगलवार

Loading...