सामसङ डिजिटल प्लाजा अब गाईघाटमा

Technology Khabar १२ माघ २०७७, सोमबार

सामसङ डिजिटल प्लाजा अब गाईघाटमा

काठमाडौं ।

नेपालमा सामसङ इलेक्ट्रोनिक्स र घरेलू उपकरणहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले उदयपुरको गाईघाटमा १२औं सामसङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ ।

सामसङ उत्पादनका लागि ग्राहकहरूको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरहरूले हिम इलेक्ट्रोनिक्सलाई विद्यमान सामसङ प्लाजाको नेटवर्क विस्तार गर्न प्रेरित गरेको हो ।

हिम इलेक्ट्रोनिक्सले गाईघाटमा पूर्ण सुविधायुक्त नयाँ शोरूम “कालिका सप्लायर्स् एण्ड ट्रेडर्सको उद्घाटन गरेको छ ।

शोरूमको उद्घाटन ११ माघ २०७७ मा आयोजित एक कार्यक्रमको बीच हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले गरेका थिए ।

सामसङ प्लाजाले आफ्ना ग्राहकहरूलाई बिभिन्न तरिकाहरू मार्फत सुविधा पुर्याइरहेको कम्पनीले बताएको छ।

हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले भने, ‘हामी हाम्रो नयाँ सामसङ डिजिटल प्लाजा उदयपुरको गाईघाटमा शुरुगर्न पाउँदा खुसी छौं । यो विस्तारसँगै गाईघाटका ग्राहकहरु धेरै किसिमले लाभान्वित हुनेछन् भन्ने हाम्रो विश्वास छ ।’

सामसङ डिजिटल प्लाजामा सामसङ्गका अविश्वसनीय दायराका सबै उत्पादनहरू –एलईडी टिभी, फ्रिज, वाशिंग मेशिन, माइक्रोवेभ ओभन र मोबाइलफोनहरु उपलब्ध छन् । प्लाजा उद्घाटनको अवसरमा शोरूमले ग्राहकहरुलाई विशेष ओपनिंग अफरहरु पनि दिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १२ माघ २०७७, सोमबार