गुगलले एन्ड्रोइड र आईओएस मोबाइल सर्चलाई नयाँ डिजाइनमा ल्याउने

Technology Khabar १२ माघ २०७७, सोमबार

गुगलले एन्ड्रोइड र आईओएस मोबाइल सर्चलाई नयाँ डिजाइनमा ल्याउने
Classic Tech

गुगलले एन्ड्रोइड र आईओएस मोबाइल भर्सनका लागी नयाँ डिजाइन सार्वजनिक गरेको छ । गुगलले आफ्नो ब्लगपोस्टमार्फत मोबाइल सर्चका लागी नौलो रिडिजाइन गरेको जानकारी दिएको हो ।

यस अघि गूगल सर्च डेक्स्टपका लागी एकदमै सहज भएता पनि मोबाइल भर्सनका आकर्षक र सहज थिएन् । यही कुरालाई ध्यानमा राखेर नयाँ डिजाइन मार्फत सर्च प्रक्रियालाई अझै सहज बनाएको हो ।

गुगलका डिजाइनर आइलीन चेङ्गले भने कि नयाँ ढाँचा पेश गर्नुको उद्देश्य प्रयोगकर्ताहरूलाई खोजी सामग्रीमा केन्द्रित राख्नु हो, ताकि प्रयोगकर्ताहरू सजिलै र चाँडो उनीहरूले खोजिएको जानकारी पहुँच गर्न सक्दछन्।

‘यसको लागि, डिजाइनरले ठुलो र साहसी टेक्स्ट प्रयोग गरेको छ। नयाँ डिजाइनमा, सेक्सन शीर्षकहरूको आकार पनि बढाइएको छ, जसले प्रयोगकर्ताहरूलाई राम्रो खोज अनुभव दिन सक्छ,’ उनले ब्लगमा लेखेका छन् ।

यसमा प्रयोगकर्तालाई आकर्षित पार्नका लागी आकर्षक रङ्गहरुको प्रयोग गरिएको छ । यसका साथमा गुगलले आफ्नै फन्टहरुलाई अपडेट गरेको छ । चाँडै र सजिलो तरीकाले रिजल्ट आउने हुँदा यसले प्रयोगकर्तालाई केही कुरा सर्च गर्न झनै सजिलो बनाउने छ ।

यसमा राम्रो तरीकाले भिजुअल स्पेसमा पनि सुधार गरेको छ जसले गर्दा आँखालाई थकान पनि हुदैन् । गुगलले बोल्ड कलर तथा म्युटेड टोनको समेत प्रयोग गरेको छ ।

कम्पनीले नयाँ अपडेट बिस्तारै रोल आउट गर्नेछ तर यो कहिलेबाट उपलब्ध हुनेछ भन्ने जानकारी दिईएको छैन् ।

TK Viber

प्रकाशित: १२ माघ २०७७, सोमबार

Loading...