Technology Khabar १२ माघ २०७७, सोमबार
नेपाल टेलिकमले अप्टिकल फाइबरमा आधारित इन्टरनेट सेवा एफटिटिएचमा ल्याएको अफरको समय अवधि थप गरेकोछ ।
कम्पनीले यसअघि पुस महिनासम्म मात्र रहेको सो जाडोमा न्यानो अफर माघ महिनाभर उपलब्ध गराउने जानकारी दिएको छ ।
हालै कम्पनीले आफ्नो सामाजिक संजालबाट सो अफरको अवधि थप गरिएको जानकारी दिएको छ ।
कम्पनीले ट्विटरमा भनेको छ, ‘FTTH जाडोमा न्यानो अफरको अवधि २०७७ पुष महिनासम्म मात्र रहेकोमा सोको समयावधि माघ मसान्तसम्म थप गरिएको सबैमा जानकारी गराउँदछौँ।’
FTTH जाडोमा न्यानो अफरको अवधि २०७७ पुष महिनासम्म मात्र रहेकोमा सोको समयावधि माघ मसान्तसम्म थप गरिएको सबैमा जानकारी गराउँदछौँ।#NepalTelecom pic.twitter.com/XDdxVSWhz7
— Nepal Telecom (@ndcl_nt) January 25, 2021
कम्पनीले योजनाअन्तरगतमा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा उपलब्ध गराइरहेको छ ।
सम्बन्धित-
टेलिकमको एफटीटीएच–जाडोमा न्यानो अफर, एफटीटीएच लिँदा दैनिक ३ सय एमबी डाटा निशुल्क
प्रकाशित: १२ माघ २०७७, सोमबार