रियलमी एक्स७ सिरिज फेब्रुअरी ४ मा भारतमा सार्वजनिक हुने

Technology Khabar १२ माघ २०७७, सोमबार

रियलमी एक्स७ सिरिज फेब्रुअरी ४ मा भारतमा सार्वजनिक हुने
Classic Tech

रियलमी एक्स७ सिरिज सन् २०२१ फेब्रुअरी ४ मा भारतसहित अन्य बजारमा सार्वजनिक हुने भएको छ । चीनमा २०२० सेप्टेम्बरमै सार्वजनिक भइसकेको छ ।

रियलमी भारतका उपाध्यक्ष तथा सीइओ माधव सेठले रियलमी एक्स७ को टिजर भिडियो ट्विटरमा पोष्ट गरेर यसको जानकारी दिएका हुन् । उक्त भिडियामा सेठ ‘कलअफ डियूटी’ खेलिरहेको देख्न सकिन्छ । त्यस भिडियोमा रियलमी एक्स७ प्रो छिट्टै आउँदै लेखिएको छ ।

ग्याजेटडाटाका अनुसार रियलमी एक्स७ सिरिज फेब्रुअरी ४ मा सार्वजनिक हुनेछ । कम्पनीले भने आधिकारीक रुपमा रियलमी एक्स७ सिरिज सार्वजनिक हुने मितीको बारेमा जानकारी दिएको छैन ।

रियलमी एक्स७ सिरिजमा दुई डिभाइस रियलमी एक्स७ र रियलमी एक्स७ प्रो छन् । यी दुई स्मार्टफोनमा फाइभजी नेटवर्क सर्पोट गर्छ । यी दुई स्मार्टफोनबीचका प्रमुख भिन्नता भनेको डिस्प्लेको साइज, प्रोसेसर र ब्याट्री क्षमता हो । बाँकी धेरै फिचर समान नै छन्।

रियलमी एक्स७ मा ६.४ इन्चको एमोलेड डिस्प्ले छ जसले १०८०X२४०० पिक्सेल सर्पोट गर्छ । स्क्रिनको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास छ ।

मिडियाटेक डाइमनसिटी ८००यू फाइभजी (७एनएम) प्रोसेसर छ र ४३०० एमएएचको ब्याट्री छ । रियलमी एक्स७ प्रोमा ६.५५ इन्चको सुपर एमोलेड प्यानल छ जसले १०८० वाई २४०० पिक्सेल रिजोलुसन सर्पोट गर्छ । मिडियाटेक डाइमनसिटी १०००प्लस (७एनएम) प्रोसेसर छ र ४५०० एमएएचको ब्याट्री छ ।

दुबै स्मार्टफोनमा ६जीबी/८जीबी र्याम र १२८जीबी/२५६ जीबी स्टोरेजमा उपलब्ध छ । साथै दुबैमा क्वाड क्यामरा सेटअपको ६४ मेगापिक्सेलको मुख्य क्यामरा छ ।

TK Viber

प्रकाशित: १२ माघ २०७७, सोमबार

Loading...