Technology Khabar १२ माघ २०७७, सोमबार
नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीसँग आइतबारदेखि एकिकृत कारोबार सुरु गर्ने घोषणा गरेको छ । उक्त संयुक्त कारोबार बैंकको घन्टाघर, बिर्तामोड र गाईघाटको तीन शाखाबाट सञ्चालन गरिने बैंकले जनाएको छ ।
यसरी सिटी एक्सप्रेस फाइनान्ससँग गरिएको एकिकृत कारोबारले ग्राहकहरुलाई थप राम्रो सेवा दिने विश्वास रहेको बैंकले जनाएको छ ।
बैंकले ८६ वटा शाखा, १२८ वटा एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् सेवा पुर्याउँदै आएको छ ।
प्रकाशित: १२ माघ २०७७, सोमबार