उपभोक्ता नै शाओमीका लागि सबैभन्दा महत्वपूर्ण हुन् -सौरभ कोठारी, शाओमी नेपाल

Technology Khabar १२ माघ २०७७, सोमबार

उपभोक्ता नै शाओमीका लागि सबैभन्दा महत्वपूर्ण हुन् -सौरभ कोठारी, शाओमी नेपाल
Classic Tech

शाओमी स्मार्टफोन ब्राण्ड नेपाली बजारमा नम्बर वान ब्राण्डको रुपमा स्थापित हुन सफल भएको छ । शाओमीले आफ्नो प्रत्यक्ष उपस्थिती देखाएको छोटो अवधिमा नै नेपाली प्रयोगकर्ताहरुलाई आफ्नो डिभाइस र ब्राण्डप्रति निकै आकर्षित गर्न सफल भएको छ।

कम्पनीले नेपाली बजारमा एमआईका साथसाथै रेडमीपोको ब्राण्डमा पनि विभिन्न संस्करणमा फोनहरु लन्च गरिरहेको छ । हालै पोकोलाई पुनजिर्वित गर्दै स्थानिय बजारमा पोको एक्स३ एनएफसी लन्च गरेको छ । जसले बजारमा निकै चर्चा पाएको छ भने केहि समयअघि शाओमी एमआई टिभी सिरिजसमेत सार्वजनिक भएका थिए ।

शाओमीलाई नेपाली बजारमा स्थापित गर्न र ससक्त ब्राण्डको रुपमा चिनाउन यी सबै कार्यहरुमा शाओमी टिमले निकै मिहिनेत गरिरहेको थियो र नेपालमा शाओमीका पहिलो कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले सो टिमका नेतृत्व लिएका थिए।

शाओमी नेपालको हालको बजारको समग्र अवस्था डिभाइसहरु, पोको ब्राण्डको पुनरागमन र आगामी योजनाहरुको बारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीसँग हामीले कुराकानी गरेका छौं । कोठारीसँग गरिएको जस्ताको त्यस्तै-

नेपालमा शाओमीको हालको अवस्था कस्तो छ ?

हामी हाम्रो लाइनअप अझै बिस्तार गर्ने प्रक्रियामा छौं । अन्य विधा जस्तै चार्जर, राउटर, अडियो लगायत सार्वजनिक गर्ने योजनामा छौं । उपभोक्तालाई शाओमीका उत्कृष्ट उत्पादन छनौट गर्न पाउने मौका प्रदान गर्नेछौं।

पहिलो र तेस्रो त्रैमासिकमा नेपालको नम्बर वान स्मार्टफोन ब्रान्ड हुन सफल भएको छ। चौथो त्रैमासिकको विवरण आउन बाँकी छ । पक्कै पनि त्यसमा पनि पहिलै स्थानमा हुनेछौं । विषम परिस्थितिका बाबजुद पनि सन् २०२० मा शाओमी नेपालको नम्बर वान कम्पनी बन्न सफल भयो । गत वर्षको व्यापार कम्पनीका लागि उत्साजनकजनक रह्यो । चार महिनादेखि ५५ र ४३ इन्चको टिभी पनि बजारमा उपलब्ध गराइरहेका छौं । ५५ इन्च टिभीको सेग्मेन्टमा शाओमी सबैभन्दा धेरै बिक्री हुने टिभी बन्न सफल भएको छ । ४३ इन्च टिभीले पनि राम्रै गरिरहेको छ । हामी हाम्रो लाइनअप अझै बिस्तार गर्ने प्रक्रियामा छौं । अन्य विधा जस्तै चार्जर, राउटर, अडियो लगायत सार्वजनिक गर्ने योजनामा छौं । उपभोक्तालाई शाओमीका उत्कृष्ट उत्पादन छनौट गर्न पाउने मौका प्रदान गर्नेछौं।

उपभोक्ता नै शाओमीका लागि सबैभन्दा महत्वपूर्ण हुन् । उपभोक्ता मैत्री मूल्य दिन्छौं । अझै पनि शाओमीले नेपालमा धेरै काम गर्न बाँकी छ ।

शाओमी नेपालमा आएको धेरै समय भएको छैन । यति छिट्टै नम्बर वान ब्रान्ड बन्न शाओमीको प्रेरणा र गोप्य शुत्र के हो ?

शुरुमा नेपाल आउँदा हामीले शाओमी कसरी र किन बजारको अग्रणी ब्रान्ड बन्न सक्छ भन्ने कारण खोज्यौं । हामी एमआईका प्रशंसकलाई कसरी खुसी पार्न सकिन्न भन्ने अभियानमा लाग्यौं । एमआई प्रशंसकले नयाँ प्रोडक्ट चाहिरहेका छन् छिटो सार्वजनिक गर्न र उपयुक्त मूल्यमा । यसमा हामीले राम्रोसँग काम गर्यौ । सन् २०१९ मा हामीले अन्तर्राष्ट्रिय लन्चको एक दुई हप्ता भित्रमा एमआई नेपालमा लन्च गर्न सुरु गर्यौ । सन् २०२० मा शाओमीका धेरै उत्पादन नेपालमा सार्वजनिक गर्यौ । यसले पनि उपभोक्ताले शाओमी नेपाल एक स्वतन्त्र कम्पनीको रुपमा लिनुभयो । त्यसका लागि हामी यहाँ छौं । मूल्य पनि ग्राहक मैत्री छन् । उत्तम मूल्यमा राम्रो उत्पादन दिने प्रयासमा छौं । हाम्रो कुनै पनि स्मार्टफोन बजारमा आउँदा त्यसको सक्सेसर समान मूल्यमा उत्कृष्ट फिचर र डिजाइनमा उपलब्ध गराउँदै आएका छौं । नोट५, नोट६, नोट७, नोट८ र नोट९ स्पेसिफिकेसनमा धेरै सुधार भएका छन् । तर मूल्य समान नै छ । हामी आफ्नो उत्पादनसँग नै प्रतिस्पर्धा गछौं । अघिल्लो जेनेरेसनको भन्दा पछिल्लो उत्पादनलाई उत्कृष्ट बनाउनु पर्छ भन्ने कम्पनीको लक्ष्य रहन्छ । यसले कम्पनीलाई मूल्य अनुकूलन बनाउन सहज हुन्छ।

अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा हाम्रो बजारीकरण बजेट शून्य नै छ भन्दा हुन्छ । यो कम्पनीको कूल बजेटको ५ प्रतिशत होला । हामी सोचविचार गरेर मात्र खर्च गछौं । उपभोक्ता नै शाओमीका लागि सबैभन्दा महत्वपूर्ण हुन् । उपभोक्ता मैत्री मूल्य दिन्छौं । अझै पनि शाओमीले नेपालमा धेरै काम गर्न बाँकी छ । शाओमीबाट २०२१ मा धेरै काम हुने छ जसबाट उपभोक्ता निश्चित पनि लाभान्वित हुनेछन् ।

हामी नेपालमा पोको ब्रान्डलाई पुनर्स्थापित गर्न चाहान्छौं । दुई वर्षअघि नेपालमा पोको सार्वजनिक भएको हो । अहिले हामी पोकोमा केन्द्रित भएर काम गरिरहेका छन् ।

शाओमी नेपालले तीन वटा ठूला ब्राण्डमा स्मार्टफोन बिक्री गरिरहेको छ । शाओमी, पोको र रेडमी । कम्पनीको प्राथमिकता कुन हो ?

शाओमी, पोको र रेडमी यी तीन छुट्टै ब्रान्ड हुन् । एमआई एक्सपेरिएन्स र फिल फोन हो भने रेडमी सन्तुलन र उत्कृष्ट स्पेसिफिकेसनमा छ र पोको गेमर फोन हो । तीन फरक प्रकार उपभोक्ताका लागि यी तीन प्रोडक्ट लाइनबाट सहयोग गर्न चहान्छौं । पोको एक्स सिरिज केहि समय अघि नेपालमा सार्वजनिक गरिएको छ। यसमा उपभोक्ताबाट सकारात्मक प्रतिक्रया पाईरहेका छौं। यी तीन फोन १५ हजार २० हजार र ३५ हजार भन्दा कम मूल्यका उत्कृष्ट फोन हुन्। ब्लगरहरुले पनि पोकोको तीन वटा फोनमा राम्रो प्रतिक्रिया दिएका छन् । हामी नेपालमा पोको ब्रान्डलाई पुनर्स्थापित गर्न चाहान्छौं । दुई वर्षअघि नेपालमा पोको सार्वजनिक भएको हो । अहिले हामी पोकोमा केन्द्रित भएर काम गरिरहेका छन् । उपभोक्तालाई उत्कृष्ट प्रोडक्ट र नेपालमा गेमिङ संस्कृती विकास हुने क्रममा छ । पोको फोनहरुमा बजेट मूल्यमा उत्कृष्ट गेमिङ अनुभव हासिल गर्न सकिन्छ।

अमेरिकी सरकारले गलत आरोप लगाएको हो । सत्यकुरा गर्दा यसको नेपालमा कुनै असर पर्ने छैन । शाओमी माथि नेपाली उपभोक्ताको विश्वास छ।

भर्खरै पोको एक्स थ्री लन्च गरिएको छ । यसको प्रतिक्रिया कस्तो छ ?

पोको एक्स थ्रीले उच्च ब्यापार गरिरहेको छ । ग्लोबल बजारको तुलनामा यहाँ हामीले केहि ढिला सार्वजनिक गरेका थियौं । एमआई उपभोक्ताको चहाना पूर्ति गर्न पोको सार्वजनिक गरिएको हो । एमआई उपभोक्ताले हामीसँग पोको किन बजारमा ल्याउँदैनौं भनेर बारम्बार प्रश्न गर्ने गरेका थिए । यहि मूल्यमा उत्कृष्ट क्यामरा, प्रोसेसर, डिस्प्ले, पोको एक्स थ्री बाहेक अन्य ब्रान्डमा पाउन सकिँदैन । केहि सिमित मुलुकमध्ये नेपाल एक हो, जहाँ पोको अफलाईनमा सार्वजनिक भयो । अन्तर्राष्टियरुपमा पोको अनलाईनमा मात्र सार्वजनिक हुनेगर्छ । नेपालीहरु मोबाइल पसलमै गएर किन्न रुचाउँछन् । उपभोक्ताको आवश्यकतालाई ध्यान दिएर अफलाइन सार्वजनिक गरिएको हो । यसले पोकोको बिक्रीमा सकारात्मक प्रभाव देखिएको छ ।

अमेरिकाले हालै शाओमीलाई पनि कालोसूचीमा राखेको छ । यसले नेपाली उपभोक्तालाई कस्तो प्रभाव पार्छ ?

पक्कै पनि यसले नेपाली उपभोक्तालाई असर गर्दैन । शाओमीले आधिकारीक प्रेस विज्ञप्ति जारी गरेर चिनियाँ सैन्यशक्तिसँग कुनै प्रकारको सम्बन्ध नरहेको जानकारी गराईसकेको छ । अमेरिकी सरकारले गलत आरोप लगाएको हो । सत्यकुरा गर्दा यसको नेपालमा कुनै असर पर्ने छैन । शाओमी माथि नेपाली उपभोक्ताको विश्वास छ । शाओमीले उत्कृष्ट मूल्यमा राम्रो फोन उपलब्ध गराउँछ भन्नेमा उपभोक्ता आश्वस्त हुनुहुन्छ ।

हाम्रो पहिलो प्राथमिकता मोबाइल उपकरण नै हुन्छ । चार्जर, एयर फोन, एयर बड यी उपकरण स्मार्टफोनमा उपयोग हुन्छ । सन् २०२१ मा शाओमीको प्रोडक्टमा अझै धेरै विविधता देख्न सकिन्छ।

शाओमीले विविध प्रकारका प्रोडक्टहरु सार्वजनिक गरेको छ । एमआई टिभी, एसेसरिज, ग्याजेटमा भने कम्पनीले ग्लोबल मार्केटभन्दा नेपालमा ढिलो सार्वजनिक गरिरहेको छ । यस्तो किन गरिएको हो ?

हामी कुनै पनि प्रोडक्ट सार्वजनिक गर्नु अघि यो प्रोडक्ट नेपालका लागि उपयुक्त छ कि छैन भनेर अध्ययन अनुसन्धान गर्ने गर्छौं । नेपालमा टिभी सार्वजनिक गर्नु अघि हामीले ६ महिनादेखि यसमा काम गरिरहेका थियौं । अहिले पनि हामी केहि नयाँ उत्पादन नेपालमा ल्याउने तयारीमा छौं । ती पनि पक्कै पनि अन्तर्राष्ट्रिय बजारमा भन्दा ढिलो आउनेछन । के यो सहि उपभोक्ताका लागि सहि उपकरण हो भनेर हेर्ने गर्दछौं। सकेसम्म उपभोक्तामैत्री मूल्यका उत्पादन हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । अहिलेको शाओमी पोर्टफोलियोमा उपयुक्त हुन्छ कि हुँदैन भन्ने हो । हाम्रो पहिलो प्राथमिकता मोबाइल उपकरण नै हुन्छ । चार्जर, एयर फोन, एयर बड यी उपकरण स्मार्टफोनमा उपयोग हुन्छ । बजारको आधारमा राउटर, अटोमेटिक सप डिस्पेन्सरमा पनि उपभोक्ताको राम्रै आकर्षण देखिएको छ । सन् २०२१ मा शाओमीको प्रोडक्टमा अझै धेरै विविधता देख्न सकिन्छ।

अनलाईन गेम खेल्न रुचाउनेका लागि पोकोका मोबाइल मूल्य तथा फिचर दुबैका हिसाबले उत्कृष्ट छ । परफरमेन्स र मूल्यमा पोको ब्रान्डसँग अन्य कम्पनीको प्रतिस्पर्धा नै छैन । नयाँ गेमरहरुलाई सर्पोट गर्ने योजना छ ।

शाओमीको बजार नेपालमा राम्रो देखिन्छ । बजारमा आफ्नो विरासतलाई कायम राख्ने कम्पनीको भावी योजना के छ ?

पक्कै पनि नम्बर वान हुनुभन्दा पनि नम्बर वान स्थान जोगाउनु चुनौतिपूर्ण हुन्छ । यसका लागि कम्पनीले इकोसिस्टममा नयाँ प्रोडक्ट जोड्दै लग्ने योजना बनाएको छ । हामीले सार्वजनिक गर्ने प्रोडक्टमा यी क्याटगरी सजिलै फिट होस् भन्नेतर्फ ध्यान दिइरहेका छौं । मूल्यका साथै कुन माध्यमबाट बिक्री गर्ने भन्ने पनि महत्वपूर्ण हुन्छ । नेपालमा अफलाईन सार्वजनिक गर्नु पर्ने भएकाले बिक्री गर्ने माध्यम एकदमै महत्वपूर्ण हुन्छ । एयर प्यूरिफायर, ल्यापटप, ट्रिमर, सीसी क्यामरा, मोबाइल एउटै च्यानलबाट बिक्री गर्न सकिँदैन । हामीले सहि च्यानलबाट उपयुक्त उपकरण बिक्री गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र हामीले कुन प्रोडक्ट कसरी र कहाँ सार्वजनिक गर्ने भन्ने टुंगोमा पुग्न सक्छौं ।

पोकोलाई नेपालको शक्तिशाली ब्रान्ड बनाउने कुनै त्यस्तो योजना छ ?

पोको उपभोक्तामैत्री फोन हो । गेमिङका लागि पोको एक उत्कृष्ट विकल्प हो । अनलाईन गेम खेल्न रुचाउनेका लागि पोकोका मोबाइल मूल्य तथा फिचर दुबैका हिसाबले उत्कृष्ट छ । परफरमेन्स र मूल्यमा पोको ब्रान्डसँग अन्य कम्पनीको प्रतिस्पर्धा नै छैन । नयाँ गेमरहरुलाई सर्पोट गर्ने योजना छ । हाल पनि तीन जना गेमर यूट्युबरलाई सहयोग गरिरहेका छौं । उनीहरुलाई पोको एक्स थ्री दिएका छौं । नयाँ पोको गेमिङ फोन सार्वजनिक गर्ने तयारीमा छौं। हामीले बुझेका छौं नेपालमा गेमिङ बढ्दैछ । त्यसमा पनि पब्जी लोकप्रिय छ । यी तीन यूट्युबरले पोको एफ १ बाट आफ्नो यात्रा सुरु गरेका थिए ।

नेपालमा गेमिङ च्याम्पियन सिप गर्ने कुनै योजना छ ?

गत वर्ष पब्जी च्याम्पियनसिप नेपाल आयोजना गरेका थियौं। यो नेपालको सबैभन्दा ठूलो मोबाइल गेम च्याम्पियनसिप थियो । त्यसमा ३२ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसपछि पनि अझै यस्तो टुर्नामेन्ट गर्ने योजनामा थियौं । तर कोभिड–१९ का कारण सम्भव भएन । गेमर र गेमिङ समाजलाई सहयोग गर्न हामी सधैं तत्पर रहनेछौं । पोकोको माध्यमबाट गेमिङ समाजलाई बढाउन निश्चित पनि सहयोग रहनेछ।

TK Viber

प्रकाशित: १२ माघ २०७७, सोमबार

Loading...