मोबाइलमा एप डाउनलोड गर्दै हुनुहुन्छ, नक्कली एप डाउनलोड गर्नबाट यसरी बच्नुहोस्

Technology Khabar १२ माघ २०७७, सोमबार

मोबाइलमा एप डाउनलोड गर्दै हुनुहुन्छ, नक्कली एप डाउनलोड गर्नबाट यसरी बच्नुहोस्
Classic Tech

गुगल प्ले स्टोरमा ठूलो संख्यामा एप रहेका हुन्छन् । स्मार्टफोन प्रयोगकर्तालाई सहजिकरण गर्न एपको विकास गरिएको हुन्छ । तर प्ले स्टोरमा रहेका केहि एप नक्कली पनि हुन्छन् । यी एप प्रयोगकर्ताको जानकारी तथा गोप्य डाटा चोर्नका लागि प्रयोग हुन्छन् ।

यस्तोमा नक्कली एपको पहिचान कसरी गर्ने भन्ने प्रश्न तपाईका मनमा उब्जिन सक्छ । त्यसका लागि चिन्ता गर्नुपर्दैन ।

हामीले नक्कली र सक्कली एप कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी दिन गइरहेका छौं । यसका लागि तपाईले एप डाउनलोड गर्नु अघि केहि विषयमा ध्यान दिनुपर्ने हुन्छन् । ती विषय यी हुन्ः

आइकोन र स्पेलिङमा ध्यान दिने

कुनै एप गुगल प्ले स्टोरमा सर्च गर्दा, सर्च लिस्टमा धेरै एप देखा पर्छन । यीमध्ये धेरै एप नक्कली पनि हुन्छन् । सहि एप पहिचान गर्न आइकोनका साथ स्पेलिङमा ध्यान दिनुपर्छ । यदि एपको आइकोन र स्पेलिङमा केहि गडबडी देखिएमा त्यस्ता एप डाउनलोड गर्नु हुँदैन । नक्कली एप डाउनलोड गर्दा डाटा तथा एकाउन्ट चोरी हुने खतरा रहन्छ ।

एप डेभलपरमा ध्यान दिने

कुनै पनि मोबाइल एप डाउनलोड गर्नु अघि एडिटर च्वाइस र टप डेपलपरमा ध्यान दिने । यसका साथै एपको आधिकारीक बेवसाइटमा गएर पनि जानकारी लिन सकिन्छ । यसबाट नक्कली एप डाउनलोड गर्नबाट बच्न सकिन्छ ।

मोबाइल एपको डाउनलोड संख्या

कुनै पनि एप डाउनलोड गर्नु अघि त्यो एप कति पटक डाउनलोड भएको छ भनेर हेर्नुपर्छ । सक्कली एप धेरै पटक डाउनलोड भएको हुन्छ । नक्कली एपको डाउनलोड संख्या कम हुन्छ । यसरी पनि नक्कली र सक्कली एपको पहिचान गर्न सकिन्छ ।

मोबाइल एप रिभ्यू अध्ययन गर्ने

नक्कली वा सक्कली एपको पहिचान गर्न त्यसको रिभ्यू अध्ययन गर्नुपर्ने हुन्छ । रिभ्यू सबै सहित हुन्छन् भन्ने ग्यारेन्टी त हुँदैन । तर पनि रिभ्यूको अध्ययन गर्दा एपको बारेमा धेरै जानकारी हासिल हुन्छ । त्यसका आधारमा एप डाउनलोड गर्ने वा नगर्ने भन्ने निर्कोयोलमा पुग्न सकिन्छ ।

अनावश्यक एप डाउनलोड नगर्ने

सामाजिक सञ्जालमा देखाइएका विज्ञापनका आधारमा कुनै पनि एप डाउनलोड गर्नु हुदैन । के प्रयोजनका लागि एप डाउनलोड गर्न चहानु भएको त्यसमा प्रष्ट हुनुहोस् । यदि त्यो एप तपाईका लागि उपयोगि छ भने मात्र डाउनलोड गर्नुहोस् । अनावश्यक एप डाउनलोड गर्दा डाटा चोरी हुनुका साथै फोनको स्टोरेज क्षमतामा पनि कमी आउँछ ।

TK Viber

प्रकाशित: १२ माघ २०७७, सोमबार

Loading...