शाओमी एमआई ब्यान्ड ६ को विवरण बाहिरियो

Technology Khabar ११ माघ २०७७, आईतवार

शाओमी एमआई ब्यान्ड ६ को विवरण बाहिरियो
शाओमी ब्याण्ड ५
Classic Tech

फ्रान्सेली वेबसाइट लोगरका अनुसार शाओमी एमआई ब्यान्ड ६ को विवरण जिप एप कोडबाट बाहिरिएको छ । शाओमी ब्यान्डको फार्मवेयर कोड ‘एमआई ब्यान्ड ६’ रहेको छ । यसको सीएमआईआईटी चीन रेडियो आईडी दर्ता प्रमाणीकरण प्राप्त गरेको छ ।

नयाँ ब्यान्डले एनएफसी कार्यलाई समर्थन गर्ने अघिल्लो जेनेरेसन उत्पादनको अधिकार पनि प्राप्त गरेको छ । गीगडुइङ फोरम उपयोगकर्ता म्याजिकल यूनिर्कनले एमआई ब्यान्ड ६ को धेरै विवरण सार्वजनिक गरेको छ । यसको कोड नाम ‘पांगु’ रहेको छ ।

रिर्पोटका अनुसार एमआई ६ ब्यान्ड दुई भेरियेन्टमा उपलब्ध छ । एक्सएमएसएच१६एचएम एनएफससी सहितको चिनियाँ संस्करणको मोडल नम्बर हो र एक्सएमएसएच१६एचएम एनएफससी बिनाका मोडल हो । दोस्रो मोडल चीन र विश्व बजारमा सार्वजनिक गरिनेछ ।

नयाँ भर्जनको एमआई ब्यान्ड ६ ले अमेजोन एलेक्सा इन्टिलिजेन्ट भ्वाइस एसिस्टेन्ट र एसपीओ २ ब्लड अक्सिजन स्याच्युरेसन मेजरमेन्ट पनि सर्पोट गर्छ । फार्मले डायर प्याटर्नको सिरिज पनि देखाएको छ ।

यसको डिजाइन एमआई ब्यान्ड ५ को जस्तै छ र स्क्रिन साइजमा पनि धेरै परिवर्तन देख्न सकिदैन । नयाँ एमआई ब्यान्ड ६ ले ३०८ वटा सम्म नोटिफिकेसन आईकोन देखाउँछ । यसमा स्मार्टफोनका थुप्रै आइकोन जेडी, टीमल, मेइटुआन, क्यूक्यू, डुयिन लगायत छन् । यी नोटिफिकेसन डिस्प्लेमा पनि देख्न सकिन्छ ।

एमआई ब्यान्डसँग हाल मल्टि बिल्ट इन एप्लिकेसन जस्तै म्यूजिक, हर्टरेट, स्पोटर्स, वालेट लगायत फिचर छन् । एमआई ब्यान्ड ६ को नयाँ भर्सनले एलीपे र जिओ आईआकोन देखाउँछ । एजेन्सी

TK Viber

प्रकाशित: ११ माघ २०७७, आईतवार

Loading...