Technology Khabar ११ माघ २०७७, आईतवार
पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) को फाइनल स्थगित भएको छ । पीएमजीसीको फाइनल जनवरी २१ बिहीबारदेखि सुरु भएको थियो ।
पीएमजीको फाइनलका सबै खेल दुबईको कोका–कोला एरेनाबाट आयोजना गरिने पूर्व घोषित योजना थियो । तर तीन खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । खेलाडीका सुरक्षालाई ध्यानमा राख्दै टेनसेन्टले सबै खेलाडीलाई सेल्फ क्वारेन्टाइनमा राखेको छ ।
पहिलो दिनका ६ खेल होटल क्वारेन्टाइनबाट खेलाइएको थियो । केहि प्राविधिक कारणले पहिलो दिनको खेलमा केहि ढिलाई भएको थियो ।
प्राविधिक समस्याका कारण दोस्रो र तेस्रो दिनको खेल सम्भव हुन सकेन । पब्जी मोबाइल इस्पोर्टले आधिकारीक सूचना जारी गर्दै प्राविधिक समस्या देखिएकाले खेलहरु स्थगित गर्नु परेको जानकारी दिएको छ ।
प्राविधिक समस्या समाधान गर्न पब्जीका प्राविधिक टोलीले काम गरिरहेको छ । खेल आयोजना गर्न नसेकेकोमा पब्जीले दर्शकसँग माफी पनि मागेको छ ।
फाइनल पुनः कहिलेबाट सुचारु हुन्छ भनेर पब्जी मोबाइल इस्पोर्टले अपडेट जारी गर्नेछ । नेपालको प्रतिनिधित्व गर्दै एबरप्ट स्लेयर्स (एएसएल) पीएमजीसी खेलिरहेको छ ।
१४ करोड रुपैयाँ पुरस्कार राशिको टुर्नामेन्ट खेल्दै नेपाली पब्जी टिम ‘एबरप्ट स्लेयर्स’
यो पब्जी मोबाइल गेमको सबैभन्दा ठूलो प्रतियोगिता हो । र यसमा विश्वभरका प्रतिस्पर्धीहरु सहभागी छन् । तर एकै गतिको इन्टरनेट स्पीड पिङ् उपलब्ध हुन नसक्दा आयोजकले सो विषयलाई समाधान गरेपछि मात्र प्रतियोगिता पुन सुचारु हुने जनाएको छ ।
नेपाली प्लेयरसमेत सहभागी प्रतियोगिताको यस विषयमा थप नयाँ जानकारी आएमा हामी तत्काल अपडेट गर्नेछौं ।
पब्जीको सबैभन्दा ठूलो प्रतियोगिता आजबाट सुरु, नेपालको प्रतिनिधित्व गर्दै एएसएल
प्रकाशित: ११ माघ २०७७, आईतवार