एप्पलको नयाँ आईओएस १५ आईफोन ६एस र पुरानो आईफोन एसईमा उपलब्ध नहुने

Technology Khabar ११ माघ २०७७, आईतवार

एप्पलको नयाँ आईओएस १५ आईफोन ६एस र पुरानो आईफोन एसईमा उपलब्ध नहुने
Classic Tech

एप्पलले आईओएसको नयाँ संस्करण आईओएस १५ यही वर्ष सार्वजनिक गर्ने बताएको छ। तर, यो नयाँ आईओएस पुराना आईफोनहरुका लागि भने उपलब्ध नहुने भएको छ।

म्याक र्यूमरको एक रिपोर्टअनुसार आईफोन ६एस, आईफोन ६एस प्लस र सन् २०१६ मा आएको आईफोन एसईमा आईओएस १५ ले काम नगर्न सक्छ। आईफोन ६एस, आईफोन ६एस प्लस सिरिज सन् २०१५ मा लन्च भएको थियो ।

नयाँ आईओएस आईफोन ७, आईफोन ७प्लस र अन्य नयाँ आईफोनहरुमा मात्र काम गर्नेछ।

यो नयाँ संस्करणको आईओएस १५ अपडेट ए९ चिपसेट भएका एप्पलका डिभाइसको लागि नहुने भनिएको हो। ए९ चिप एप्पलका पुराना आईफोनमा राखिएको छ, जुन सन् २०१५ अगाडि सार्वजनिक भएको थियो।

आईफोन ६एस, आईफोन ६एस प्लस र आईफोन एसईमा पाँच वर्ष पुरानो भएको कारणले नै ती डिभाइसमा नयाँ अपडेट चल्न समस्या हुन सक्ने म्याक रुमरको भनाइ छ।

ए१० चिपसेट भएको आईफोन ७, आईफोन ७प्लस र अन्य नयाँ आईफोनहरुमा भने आईओएस १५ ले काम गर्नेछ।

यसैगरी आईप्याडओएस १५ को नयाँ अपडेट आईप्याड मिनी ४, आईप्याड एयर २, र आइप्याड ५ मा हुने छैन। यी डिभाइसमा पुराना ए८, ए८ एक्स र ए९ चिप्स भएकोले आईप्याडओएस १५ ले काम गर्ने छैन।

यो दोस्रो पटक हो जहाँ नयाँ आईओएस १५ ले आईफोन ६ सिरिजमा काम नगर्ने रिपोर्ट आएको छ । एजेन्सी

TK Viber

प्रकाशित: ११ माघ २०७७, आईतवार

Loading...