Technology Khabar १० माघ २०७७, शनिबार
अमेरिकामा जो बाइडेनले बुधवार ४६ औं राष्ट्रपतिको रुपमा शपथ लिएका छन् । नयाँ राष्ट्रपतिका साथ नयाँ डिजाइनमा ह्वाइट हाउसको नयाँ वेबसाइट पनि आएको छ।
यो नयाँ वेबसाइटको डार्क मोडमा प्रस्तुत गरीएको छ र यसको डिजाइन इंटर्याक्टिव छ। तथापि, यसमा भएको एक चीजले सबैको ध्यानाकर्षण गरेको छ त्यो भनेको नयाँ ह्वाइट हाउस वेबसाइटको सोर्स कोडमा लुकाइको ‘सीक्रेट म्यासेज'(गोप्य संदेश)।
वेबसाइटको एचटिएमएल सोर्स कोडको जाँच गर्दा तपाईँको लागि ह्वाइट हाउसको टेक्निकल टीमको एक म्यासेज देखिनेछ। यहाँ लेखिएको छ, ‘यदि तपाईं यो पढिरहनु भएको छ भने उत्कृष्ट निर्माणको लागि हामीलाई तपाईंको आवश्यकता छ।’ यसका साथै यहाँ आवेदन गर्नका लागि वेबसाइटको लिंक पनि दिइएको छ। यो सबभन्दा पहिले प्रोटोकोलले देखेको थियो ।7
यूएस डिजिटल सेवाको स्थापना पूर्व राष्ट्रपति बाराक ओबामाले अगस्त २०१९ मा गरेका थिए। यस टीममा डिजाईनर, इन्जिनियर, प्रोडक्ट म्यानेजर र डिजिटल पोलिसी एक्सपर्ट्स समावेश छन्। जसले संघीय सरकारको टेक्नोलोजीसँग सम्बन्धित मामिलाहरूमा सहयोग पुर्याउँछ।
फक्स बिजनेस रिपोर्टकाअनुसार जो कोडर्सले यो पोजिशनको लागि अप्लाई गर्नेछन उनीहरुले एउटा एप्लिकेसन पुरा गर्नुपर्नेछ र आफ्नो रिज्यूम अट्याच हुनु पर्छ। त्यसपछि अमेरिकी डिजिटल सेवा टीमका सदस्यहरुले क्यान्डिडेटको अन्तरवार्ता गर्नेछन् र छनौट भएमा नियुक्त गरिनेछ ।
प्रकाशित: १० माघ २०७७, शनिबार