पठाओ नेपालका ग्राहकहरु र राईडरहरुलाई बीमा प्रदान गर्न साझेदारी पत्रमा हस्ताक्षर

Technology Khabar ९ माघ २०७७, शुक्रबार

पठाओ नेपालका ग्राहकहरु र राईडरहरुलाई बीमा प्रदान गर्न साझेदारी पत्रमा हस्ताक्षर

काठमाडौं ।

पठाओ नेपाल प्रा.लि., राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर/चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसंग पुस ८ मा साझेदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडर/चालक साथीहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाखसम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

यसको साथै कुनै पनि ग्राहक तथा राईडर/चालक साथीहरुले रु १ लाख सम्मको दुर्घटना उपचार बीमा पनि पाउनेछन् । यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन गर्नु पर्ने बताएको छ ।

पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राईडर/चालक साथीहरुले यो सुविधा लिन सक्नेछन् ।

पठाओ नेपालका क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले भने, ,“हामी विगत २ वर्षदेखि हाम्रा ग्राहकहरु तथा राईडर/चालक साथीहरुको सुरक्षा सुनिश्चित गर्नका लागि बीमा सुविधा प्रदान गर्न निरन्तर लागि परेका छौं । यसको अनुरुप हामीले एभरेष्ट इन्स्योरेन्स कम्पनीसंग साझेदारी पत्रमा हस्ताक्षर गरेका छौं । अब हाम्रा ग्राहकहरु तथा राईडर/चालक साथीहरु विस्वस्त हुन सक्छन् । पठाओ ग्राहक तथा राईडर/चालक साथीहरुको सुरक्षाप्रति दृढ छ । हामी प्रत्येक दिन हजारौंलाई रोजगारीको अवसर प्रदान गर्न पाउँदा निकै गर्वान्भित महसुस गर्दछौं । हालसम्म, हामीले ७५००० भन्दा बढी राईडरहरुलाई ट्रेनिंग दिइसकेका छौं र १३ लाखभन्दा बढी ग्राहकहरुले पठाओ एप डाउनलोड गरिसकेका छन् ।”

easy care

प्रकाशित: ९ माघ २०७७, शुक्रबार