कृषि बिकास बैंक कर्मचारीकाे विज्ञापन आवेदन शुल्क खल्ती माेवाइल वालेटबाट भुक्तानी गर्न सकिने 

Technology Khabar ९ माघ २०७७, शुक्रबार

कृषि बिकास बैंक कर्मचारीकाे विज्ञापन आवेदन शुल्क खल्ती माेवाइल वालेटबाट भुक्तानी गर्न सकिने 

काठमाडौं ।

कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ ।

कृषि बिकास बैंकले प्रकाशन गरेकाे विज्ञापनमा बैंककाे वेवसाइटबाट अनलाईन आवेदन गर्न सकिन्छ ।

अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीकाे विकल्पमा खल्ती डिजिटल वालेट छनाैट गर्नुपर्छ । खल्ती छनाैट गरेपछि आफ्नाे युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि ताेकिएकाे शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

कृषि बिकास बैंकले विभिन्न पदमा ४०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेकाे छ ।

easy care

प्रकाशित: ९ माघ २०७७, शुक्रबार