एलजीले स्मार्टफोन व्यवसाय बेच्न भियतनामी समूहसँग कुराकानी गर्दै

Technology Khabar ९ माघ २०७७, शुक्रबार

एलजीले स्मार्टफोन व्यवसाय बेच्न भियतनामी समूहसँग कुराकानी गर्दै
Classic Tech

एलजी इलेक्ट्रोनिक्स कम्पनीले स्मार्टफोन व्यवसायबाट बाहिर निस्कने योजना बनाएको रिपोट‍हरु आईरहेका छन् । जसमा पछिल्लो समय भियतनामी समूह समेत जोडिएको छ।

भियतनामी समूहले एलजी इलेक्ट्रोनिक्सबाट स्मार्टफोन व्यवसाय खरीद गर्ने बारेमा छलफल गरिरहेको रिपोर्ट आएको छ।

बिजनेस कोरियाको नयाँ रिपोर्ट अनुसार, भियतनामको भिनग्रुप कम्पनीले एलजीको स्मार्टफोन व्यवसाय किन्नको लागि सबैभन्दा आकर्षक प्रस्ताव राखेको छ।

शेयर बजारमा सूचीबद्ध भियतनामी कम्पनीहरूको बजार पूंजीकरणमध्ये कुल १४ प्रतिशत हिस्सा सो कम्पनीको रहेको छ। सो ग्रुप विभिन्न उद्योगहरूमा समावेश छ र व्यवसायहरूको विविध पोर्टफोलियो छ जसमा होटल, घर जग्गा, वितरण, कार, स्मार्टफोन, र भूमि विकास समावेश छ।

कम्पनीले पहिलेदेखि नै ओडिएम सम्झौता अन्तर्गत एलजीको लागि स्मार्टफोन उत्पादन गर्दछ भने ओपो र सामसङ पछि भियतनाममा शीर्ष तेस्रो स्मार्टफोन निर्माता हो।

यदि यसले एलजी इलेक्ट्रोनिक्सको स्मार्टफोन व्यवसाय प्राप्त गरेमा यो निकै अगाडि बढ्न सक्दछ। एलजीको प्रतिष्ठा, उन्नत टेक्नोलोजीहरू, र बिक्री नेटवर्कहरूले भिनग्रुपमा नवीनता ल्याउन सक्छ।

अर्कोतर्फ एलजी इलेक्ट्रोनिक्सले एलजी समूहका अध्यक्ष क्वाङ्ग बोङ्ग सियोकको आदेश अन्तर्गत विभिन्न विकल्पहरूको समीक्षा गरिरहेको छ, कम्पनीले स्मार्टफोन स्मार्टफोनको एक हिस्सा बेच्ने निर्णय गरेको छ किनभने यसलाई पूर्णरूपमा बेच्न व्यावहारिक रूपमा गाह्रो छ।

भिनग्रुपले विशेषगरि संयुक्त राज्य अमेरिकामा एलजी इलेक्ट्रोनिक्सको स्मार्टफोन व्यवसाय लिनमा चासो छ। यो अधिग्रहण मार्फत कम्पनी अमेरिकाको बजारमा जानको लागि खोज्दै छ ।२०२० मा उत्तर अमेरिकी स्मार्टफोन बजारमा एलजी इलेक्ट्रोनिक्सको सेयर १२.९ प्रतिशत थियो । यसो भएमा भिनग्रुप विश्व स्मार्टफोन बजारमा आउन सक्नेछ।

TK Viber

प्रकाशित: ९ माघ २०७७, शुक्रबार

Loading...