हीरो मोटोकर्पबाट १० करोड दुई पांग्रे सवारीको उत्पादन

Technology Khabar ९ माघ २०७७, शुक्रबार

हीरो मोटोकर्पबाट १० करोड दुई पांग्रे सवारीको उत्पादन

काठमाडौं ।

हीरो मोटोकर्पले १० करोडभन्दा धेरै दुई पांग्रे सवारीको उत्पादन गरेको छ ।

हीरो मोटोकर्प यो उपलब्धी हासिल गर्ने पहिलो भारतीय अटोमोटिभ उत्पादक बनेको छ ।

‘हीरो मोटोकर्प विश्वभरिका लाखौं मानिसको आकांक्षालाई गतिशीतला प्रदान गर्न सबैभन्दा अग्रणी रहँदै आएको छ । यो उल्लेखनीय उपलब्धी परिस्कृत इन्जिनियरिङ, कार्य सञ्चालनगत उत्कृष्टता र दिगो अभ्यासहरूको सफलता हो । यो विश्वास र विश्वासमा निर्मित समग्र पारिस्थितिकीय प्रणाली (ईकोसिस्टम)को सफलता पनि हो । जुन यस कम्पनीको साथ बढ्दै आएको छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो ग्राहकहरूको उत्सव हो जसले हीरोमा आफ्नो अगाध प्रेम र विश्वास देखाइ रहेका छन्’, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, हीरो मोटोकर्प डा. पवन मुञ्जेलले भने ।

easy care

प्रकाशित: ९ माघ २०७७, शुक्रबार