अनलाईन लाइसेन्सको आवेदन आजदेखि इच्छुक सबैले भर्न पाईने कोटा सिस्टम हट्यो

Technology Khabar ९ माघ २०७७, शुक्रबार

अनलाईन लाइसेन्सको आवेदन आजदेखि इच्छुक सबैले भर्न पाईने कोटा सिस्टम हट्यो
Classic Tech

अनलाईन लाइसेन्सको आवेदन शुक्रबारदेखि इच्छुक सबैले भर्न पाउने भएका छन् । शुक्रबार (माघ ९ गते) देखि इच्छुक सबैको अनलाईन आवेदन लिने सूचना यातायात व्यवस्था विभागले सूचना जारी गरेको हो।

हाल कार्यान्वयनमा रहेको अनलाईन लाइसेन्स प्रणालीमा कोटा सिस्टम लागू हुँदा एक दिनमा निश्चित संख्यामा मात्र आवदेन दिन पाउँछन् । सिमित कोटा फुल हुँदा सिस्टम इररले भर्न नपाएको गुनासो बढेपछि विभागले अनलिमिटेड बनाएको हो ।

तर लिखित परीक्षा र ट्रायल भने कार्यालयहरुले क्षमता अनुसार बिस्तारै लिँदै जानेछन् । अनलाईन आवेदन फारम भरेपछि सिस्टमले नै राजश्व तिर्नका लागि कार्यालय जाने मिति उपलब्ध गराउनेछ। तोकिएको दिनमा अनलाईन आवेदन दिएको कार्यालयमा गएर राजश्व तिर्नुपर्ने हुन्छ ।

अहिले विद्यमान सिस्टमले कोटा अनुसार मात्रै आवेदन लिन्छ । यो सिस्टमका कारण धेरै जना अनलाईन आवेदन दिनबाट बञ्चित भइरहेका छन् । शुक्रबारदेखि विभागको अनलाईन सिस्टममा फारम भर्ने बित्तिकै आवेदन स्विकार गर्नेछ ।

राजश्व तिरेपछि यातायात कार्यालयले लिखित परीक्षाको मिति तोकिदिन्छ । लिखित परीक्षा दिएपछि आवेदकले ट्रायलका लागि समय पाउँछन् । अब भने अनलाइन आवेदन दिएका सुरुका आवेदकबाट कार्यालयको क्षमता अनुसार लिखित र ट्रायल परिक्षा संचालन गर्दै जाने योजना छ ।

गत चैत ११ बाट सरकारले लकडाउन जारी गरेदेखि लाइसेन्सको ट्रायल पनि रोकिएको थियो । बीचमा कर, नवीकरण र नामसारी लगायतको सेवा खुले पनि नयाँ लाइसेन्स लिन चाहनेका लागि सेवा बन्द थियो । सबै क्षेत्र खुलेको भन्दै चौतर्फी रूपमा खोल्न दबाब आएपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पूरा गरेर पुस १४ गतेदेखि कोटा सिस्टममा आवेदन खुलाएको थियो ।

उपत्यकामा भक्तपुरको जगाती, काठमाडौंको ठूलो भर्याङ, सुकेधारा, ललितपुरको एकान्तकुना गरि चारवटा कार्यालयबाट लाइसेन्सको परीक्षा सञ्चालन हुन्छ । ती कार्यालयहरुमा मोटरसाइकल र स्कुटरका लागि तीन सय तथा कार र जीपका लागि दुई सय जनाको कोटा छुट्याइएको थियो । सोही कारण धेरैले आवेदन दिन नपाएका हुन् ।

TK Viber

प्रकाशित: ९ माघ २०७७, शुक्रबार

Loading...