Technology Khabar ८ माघ २०७७, बिहीबार
यातायात व्यवस्था विभागको एसमएस सेवा बन्द भएको छ । प्राविधिक समस्याका कारण एसएमएस सेवा हालका लागि बन्द गरिएको विभागले सूचना मार्फत जानकारी गराएको छ ।
यातायात सेवा बन्द रहेको अवस्थासम्म अनलाईन सिस्टमबाट प्राप्त अटोमेटिक जेनेरेटेड नम्बर सुरक्षित राख्न विभागले अनुरोध गरेको छ ।
अनलाईन सिस्टबाट उपलब्ध मितीमा तोकिएको कार्यालयमा सम्पर्क गर्न पनि विभागको सूचनामा भनिएको छ ।
प्रकाशित: ८ माघ २०७७, बिहीबार