गुगलको नयाँ एन्ड्रोइड १२ गेमिङका लागि उपयुक्त हुने

Technology Khabar ८ माघ २०७७, बिहीबार

गुगलको नयाँ एन्ड्रोइड १२ गेमिङका लागि उपयुक्त हुने

काठमाडौं ।

गुगलको आगामी अपरेटिङ्ग प्रणाली एन्ड्रोइड १२ को सम्बन्धमा धेरै जानकारी लिकहरू भएका छन् । एन्ड्रोइडका सम्बन्धमा धेरै जानकारी एक्सडीएबाट लीक भएका हुन् । पछिल्लो जानकारी गेमिङका सम्बन्धमा आएका छन् ।

कोभिड–१९ का कारण घरमै बस्नु पर्ने बाध्यता छ । यसले गर्दा पनि पछिल्लो समय अनलाईन गेम खेल्नेको संख्या बढि रहेको छ। त्यसैले पनि गुगलले आफ्नो अपरेटिङ सिस्टमलाई गेमिङका लागि उपयुक्त बनाउन खोजेको हो ।

मोबाइल र क्लाउड गेमको उदयसँगै, गुगलले एन्ड्रोइडमा कम्पन (भाइब्रेसन) प्रभाव सुधार गर्ने योजना राखेको छ । हालका एन्ड्रोइड उपकरणमा कम्पन प्रभावलाई एकतर्फी नियन्त्रण गर्न सकिन्छ । अर्थात अन वा अफ ।

गेमरहरुका बिच हाल उपलब्ध कम्पन प्रभाव खासै लोकप्रिय छैन । समग्र गेमिङ अनुभवको लागि यो उत्तम छैन । एक्सडीए रिर्पोटका अनुसर गुगलले एओएसपीमा गेमप्याडको कम्पन सुधार गर्न कोड सबमिट गरेको छ।

कोड परिवर्तनले कम्पन आयाम नियन्त्रको लागि थप सहयोग गर्छ । अनुकूलन कम्पन प्रभाव उत्पन्न गर्न सहजीकरण गर्छ। कम्पनबाट ह्यान्डल हुने गेमका लागि यो निकै उपयोगी हुनेछ। धेरै कन्सोल गेमहरु क्लाउड गेमिङ सर्भिसबाट खेल्न सकिन्छ।

अन्य लीक जस्तै गुगलले यस सम्बन्धमा आधिकारीक जानकारी दिएको छैन । त्यसैले एन्ड्रोइड १२ मा नयाँ सुधार पाउन सकिन्छ भनेर दाबीका साथ भन्न सकिने अवस्था छैन्। एजेन्सी

Global Bank
easy care

प्रकाशित: ८ माघ २०७७, बिहीबार

ताजा समाचार