Technology Khabar ८ माघ २०७७, बिहीबार
डच अपरेटर केपीएनले डेलावेयरको एक अदालतमा स्मार्टफोन र अन्य वायरलेस उपकरणहरूको साथमा पेटेन्ट उल्लंघन गरेको आरोपमा ६ वटा मुद्दा दायर गरेको छ।
डच अपरेटरले शाओमीसहितका कम्पनीहरुको विरुद्धमा पेटेन्ट उलंघन गरेको आरोपसहित मुद्धा हालेको हो । शाओमी विश्वकै तेस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी हो।
मुद्धाले शाओमी, कूलप्याड, बीएलयू उत्पादनहरू, बुलिट ग्रुप, एसर र यू ब्लक्सलाई कम्तिमा दुई केपीएनको प्याटेन्ट उल्लंघन गरेको आरोप लगाएको छ। डच मिडिया डि टेलेग्राफ रिपोर्टकाअनुसार केपीएनले आर्थिक क्षतिपूर्ति र अदालतबाट यो उल्लंघन समाप्त गर्ने आदेशको खोजी गरिरहेको छ ।
केपीएनले सामसङको बिरूद्ध यस्तै पेटेन्ट विवादमा सन् २०१४/२०१५ मा मुद्धा दायर गरेको थियो । सामसङले केपीएनका साथ सम्झौता गर्ने र लाइसेन्सका लागि सहमत भएको थियो ।
केपीएनले अन्य कम्पनीहरुसंग इजाजत पत्र सहमति गर्नको लागी प्रयास गरेको तर असफल भएको बताएको थियो। एजेन्सी
प्रकाशित: ८ माघ २०७७, बिहीबार