Technology Khabar ८ माघ २०७७, बिहीबार
नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नामबाट अनधिकृत फेसबुक पेज बनाई नाम र लोगो दूरुपयोग गरिएकोमा ध्यानाकर्षण भएको बताएको छ ।
दूरसञ्चार क्षेत्रको निमयनकारी निकाय प्राधिकरणले प्राधिकरणको नाम तथा लोगो दुरुपयोग गरी सामाजिक संजाल फेसबुक पेज मार्फत भ्रामक जानकारी प्रकाशित गरेको पाइएको उल्लेख गरेको छ ।
‘यस्ता अनधिकृत पेज तथा सो पेजमा रहेका लिंकहरुलाई क्लिक नगर्न तथा आफ्नो कुनै पनि विवरण उपलब्ध नगराउन सबैलाई सचेत गराउँदछौं,’ प्राधिकरणले भनेको छ, ‘यस प्राधिकरणको फेसबुकमा हालसम्म कुनै आधिकारिक वा पेज खाता नरहेको र यस्ता अनधिकृत कार्य गर्ने गराउनेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराउँदछौ ।’
यसअघि पनि ह्याकरहरुले नेपाली फेसबुक प्रयोगकर्ताहरुको जानकारी चोर्ने उद्धेश्य राखेर फिशिंग गतिबिधि गर्दै आएका छन् ।
केहि समयअघि मात्र नेपाल बंगलादेश बैंकको नाम र लोगो प्रयोग गरेर इरानी ह्याकरहरुले नेपालीहरुलाई रोजगार दिने भन्दै डाटा चोर्न फेसबुकमा स्पोन्सर नै गरेका थिए ।
नेपाल बंगलादेश बैंकको नक्कली फेसबुक पेज बनाएर फिसिङ गरिँदै, १० हजार रोजगारी दिने दाबी
यसरी फिशिङ मार्फत डाटा चोर्ने कार्य संसारभर ह्याकरहरुले गर्ने गर्दछन् । केहि समयअघि मात्र अमेरिकाको सोलार विण्डस् नामक कम्पनीमा ह्याकरहरुले फिशिङ्गमार्फत सबै डाटा चोरेका थिए ।
माइक्रोसफ्टले भन्यो- हाम्रो प्रणालीहरुमा मालिसियस सफ्टवेयर फेला पर्यो
प्रकाशित: ८ माघ २०७७, बिहीबार