ह्वावेबाट छुट्टिएको अनरको पहिलो स्मार्टफोन भी४० मा गुगल प्ले सर्भिस उपलब्ध हुने

Technology Khabar ७ माघ २०७७, बुधबार

ह्वावेबाट छुट्टिएको अनरको पहिलो स्मार्टफोन भी४० मा गुगल प्ले सर्भिस उपलब्ध हुने
Classic Tech

अनरले सन् २०२१ जनवरी १८ मा नयाँ अनर भी४० फाइभजी फ्ल्यागसिप सार्वजनिक गर्ने योजना बनाएको थियो तर अब यसको समयसिमा जनवरी २२ को लागि सारिएको छ ।

कम्पनीको साइट सेड्युलिङ तथा इक्विपमेन्ट इस्युका कारण पूर्व घोषित मितिबाट चार दिन पछि सारिएको छ । ह्वावेबाट पूर्ण स्वतन्त्र भए पछि अनरको यो पहिलो स्मार्टफोन हो ।

रुसी मिडिया लेन्टा रुका अनुसार अनर भी४० गुगल मोबाइल सर्भिसका साथ उपलब्ध हुनेछ । यसको मतलब अनरको नयाँ स्मार्टफोनमा गुगल प्ले स्टोर लगायत अन्य फिचर हुनेछ । अनर तथा गुगलले भने यो रिर्पोटलाई पुष्टि गरेको छैन ।

सन् २०१९ मे देखि अमेरिकाले ह्वावेमाथि प्रतिबन्ध लगाएको छ । सोहि समयदेखि ह्वावेका फोनमा गुगल प्ले सर्भिस सञ्चालनमा छैन । यो प्रतिबन्ध अनरमाथि पनि लागु थियो । तत्कालिन समयमा अनर ह्वावेको सब ब्रान्डको रुपमा थियो । प्रतिबन्धपछि चीन बाहिरको बजारमा ह्वावेको बिक्री दर खस्किएको छ।

गत वर्षको अन्त्यतिर ह्वावेले अनर ब्रान्ड र त्यसको सम्पत्ति बिक्री गरेको थियो । त्यसबेलादेखि कम्पनी स्वतन्त्ररुपमा काम गरिरहेको छ।

अनर ब्रान्ड बिक्री हुनु पूर्व नै कम्पनीको अनर भी४० स्मार्टफोन विकासक्रममा थियो तर त्यसबेला गुगल प्ले सर्भिस बिना तयारीमा थियो।

अब भने अनरले नयाँ फाइभजी स्मार्टफोनका लागि गुगल प्ले सर्भिसको अनुमति प्राप्त गरिसकेको हुनसक्ने अनुमान समेत गरिएको छ । एजेन्सीका साथ

TK Viber

प्रकाशित: ७ माघ २०७७, बुधबार

Loading...