कृषि विकास बैंकले ल्यायो किसान क्रेडिट कार्ड र किसान एप, एपमार्फत स्क्यान गरेर भुक्तानी हुने

Technology Khabar ७ माघ २०७७, बुधबार

कृषि विकास बैंकले ल्यायो किसान क्रेडिट कार्ड र किसान एप, एपमार्फत स्क्यान गरेर भुक्तानी हुने
Classic Tech

कृषि विकास बैंकले किसान क्रेडिट कार्ड र किसान एपको शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् ।

पहिलो दिन नै २० जनालाई कार्ड बाँडिएको बैंकका कार्यकारी प्रमुख अधिकृत अनिलकुमार उपाध्यायले जानकारी दिए । १८ जना किसान र २ जना किसानको सामान खरिद बिक्री गर्ने एजेन्टले किसान कार्ड पाएको उपाध्यायले बताए ।

बैंकले आफ्ना ५० शाखा काार्यलयलाई किसान क्रेडिट कार्ड वितरणका लागि बुधबार नै सर्कुलरसमेत गरेको छ । कृषि पेशा अँगाल्नेहरुका लागि बैंकले देशभरका आफ्ना शाखामार्फत किसान क्रेडिट कार्ड बाँड्नेछ ।

एटिएम र भिसा कार्डकै आकारमा हुने सो कार्ड एटिएम बुथमा भने चल्दैन ।

कृषि सामग्री, मल खाद, मेसिनरी बिक्री गर्ने सप्लायर्स आदि कृषि बिकास बैंकको मर्चेन्ट (एजेन्ट) हुन्छ । कार्डमा रहेको क्युआर कोड स्क्यान गरेर उनीहरुले भुक्तानी लिन सक्छन् । मोबाइल सिस्टमबाट कार्डको क्युआर कोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाइएको हो ।

किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड हुन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ ।

बैंकले नगद भुक्तानी प्रदायकहरु गाउँस्तरमा खडा गर्ने र सोहीमार्फत किसानले कृषि कर्मका लागि चाहिएको बेला नगद लिन सक्ने व्यवस्था किसान क्रेडिट कार्डमार्फत हुनेछ।

बैंकले कार्डको पहुँच हुने मोबाइल एप्लिकेसनको समेत विकास गरेको छ । सो एपमार्फत स्क्यान गरेर भुक्तानी हुने व्यवस्था गरिएको छ ।

किसान एपलाई खोल्न, पढ्न तथा आफ्नोबारे केही जानकारी थप गर्न किसानलाई बैंकले युजर आईडी र पासवर्ड उपलब्ध गराउने जनाएको छ।

TK Viber

प्रकाशित: ७ माघ २०७७, बुधबार

Loading...