यस्तो छ अमेरिकी राष्ट्रपति निर्वाचित बाइडेनको विज्ञान सल्लाहकार समूह

Technology Khabar ७ माघ २०७७, बुधबार

यस्तो छ अमेरिकी राष्ट्रपति निर्वाचित बाइडेनको विज्ञान सल्लाहकार समूह

आजै शपथ लिन लागेका अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको ट्रान्जिसन टिमले उनीहरूको प्रशासन अन्तर्गत ह्वाइट हाउस साइन्स टिम (विज्ञान समूह)को घोषणा गरेका छन् ।

बाइडेन र ह्यारिसले उनीहरुका सल्लाहकारले मौसम परिवर्तन, महामारी, जातीय असमानता, आर्थिक मन्दी र टेक्नोलोजीले समाजलाई कसरी असर गर्छ भन्ने बारे सल्लाह दिने मंगलबार बताए ।

टोलीले डा. एरिक ल्यान्डरलाई राष्ट्रपतिको विज्ञान सल्लाहकार र साइंस अफ टेक्नोलोजी पोलिसीको निर्देशकको रूपमा स डा. एलोन्ड्रा नेल्सन विज्ञान र समाजको लागी उप निर्देशकको रूपमा, डा फ्रान्सिस एच. अर्नोल्ड र डा. मारिया जुबेर विज्ञान र प्रविधि सम्बन्धी राष्ट्रपति सल्लाहकार समितिका सह अध्यक्षका रूपमा, डा. फ्रान्सिस कोलिन्स नेशनल इन्स्टिच्यूट्स अफ हेल्थको निर्देशकको रूपमा, ओईएसटीपी स्टाफको प्रमुखका रूपमा केइ कोइजुमी, विधायकी मामिला निर्देशकका रूपमा नाड्रा जोन्स सहभागी हुनेछन् ।

‘कोरोनाभाइरस महामारीदेखि लिएर हाम्रो मौसम संकटसम्म, गत बर्षदेखि वैज्ञानिकहरूको कुरा सुन्ने महत्त्व पुष्टि भएको छ,’ उप राष्ट्रपति निर्वाचित कमला ह्यारिसले भनिन्, ‘हाम्रो प्रशासनमा निर्णयहरू सबै भन्दा राम्रो उपलब्ध विज्ञान र प्रमाणहरू द्वारा सूचित गरिनेछ ।’

अमेरिकामा पहिलो पटक राष्ट्रपति विज्ञान सल्लाहकारको भूमिकालाई पनि मन्त्रिपरिषद्को स्तरमा बढाइँदैछ। एजेन्सी

TK Viber

प्रकाशित: ७ माघ २०७७, बुधबार

Loading...