विद्युतीय सवारीको ब्याट्री पाँच मिनेटमा पूर्ण चार्ज हुने, नयाँ टेक्नोलोजीसहित ब्याट्री उत्पादन सुरु

Technology Khabar ७ माघ २०७७, बुधबार

विद्युतीय सवारीको ब्याट्री पाँच मिनेटमा पूर्ण चार्ज हुने, नयाँ टेक्नोलोजीसहित ब्याट्री उत्पादन सुरु
Classic Tech

पाँच मिनेटमा पूर्ण चार्ज गर्न सक्षम ब्याट्रीहरू पहिलो पटक उत्पादन गरिएको छ। हाल बजारमा उपलब्ध रहेका इलेक्ट्रिक कारका व्याट्री फास्ट डीसी चार्जरबाट चार्जिङ गर्न पनि कम्तीमा पनि ४५ मिनेटभन्दा धेरै लाग्ने गर्छृ । अब भने पेट्रोल र डिजेल सवारीसाधनमा तेल भर्न लाग्ने समयमै इलेक्ट्रिक कार चार्ज हुने भएको छ।

वातावरण प्रदुषण रोक्न विद्युतीय सवारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा द्विविधा छैन । विद्युतीय सवारी चार्च गर्न धेरै समय लाग्छ । यसले गर्दा पनि विद्युतीय सवारी चढ्ने चाहनाका बाबजुत पनि इभीमा सिफ्ट हुन सकिरहेका छैनन् ।

नयाँ लिथियम–आयन ब्याट्री इजरायली कम्पनी स्टोरडटद्वारा विकसित गरिएको हो र चीनमा इभी एनर्जी मानक उत्पादन लाइनमा निर्माण गरिएको द गार्जियनले उल्लेख गरेको छ।

विकासकर्ता स्टोरडटले फोन, ड्रोन र स्कूटरमा आफ्नो ‘एक्सट्रिम फास्ट चार्जिङ’ ब्याट्रीको प्रदर्शन गरिसकेको छ । अहिले कम्पनीले १००० व्याट्री उत्पादन गरेको छ र ती ब्याट्रीको टेक्नोलोजी कार उत्पादक कम्पनीहरुलाई प्रदर्शन गरिनेछ ।

डेमलर, बीपी, सामसङ र टीडीके लगायत कम्पनीको स्टोरडटमा लगानी रहेको छ । हालसम्म यो परियोजनाका लागि १३० मिलियन अमेरिकी डलर उठाइसकिएको छ । यो परियोजना सन् २०२० मा ब्लूमबर्ग न्यू एनर्जी फाइनान्स अन्तर्गत रहेको छ ।

नयाँ टेक्नोलोजीअनुसार ब्याट्रीहरु पूर्ण रुपमा पाँच मिनेटमा चार्ज गर्न सकिन्छ । तर यसका लागि हाल प्रयोग गरिएको भन्दा धेरै शक्तिको चार्जरको आवश्यक रहन्छ । उपलब्ध चार्जिङ पूर्वाधारको प्रयोग गरेर स्टोरडटले सन् २०२५ मा पाँच मिनेट चार्ज गर्दा एक सय ३० किमीसम्म माइलेज दिने ब्याट्री बजारमा ल्याउने योजना बनाएको छ ।

इलेक्ट्रिक सवारी अपनाउन खोज्नेका लागि महँगो लागत बाधा हैन, इभीको माइलेज हो’, स्टोरडटका सीईओ डोरोन माइर्सडोर्फले भने, ‘तपाई राजमार्गमा धेरै समय कुदाउन सकिन्न वा चार्जिङ स्टेशनमा दुई घण्टा लाइन बस्नु पर्छ भन्ने धेरै इभी प्रयोगकर्तामा डर छ । डिजेल र पेट्रोल भर्न जस्तै इभी पनि छिटो चार्ज हुने हो भने यो डर स्वाभाविक रुपले हट्ने छ ।’

‘पाँच मिनेटमा लिथियम आयन ब्याट्री चार्ज गर्न असम्भव मानिन्छ’, उनले भने, ‘हामी प्रयोगशाला प्रोटोटाइप जारी गर्दैनौं । तर मास उत्पादन लाईनको इन्जिनियरिङ नमूना जारी गछौं । यो व्यवहारिक छ र व्यावसायिक रुपमा तयार पनि छ ।’

वर्तमान लि–आयन ब्याट्रीले एउटा इलेक्ट्रोडको रुपमा ग्रेफाइट प्रयोग गर्दछ । जसमा लिथियम आयन चार्जको रुपमा भण्डारण हुन्छ । जब यी द्रुत गतिमा चार्ज हुँदा आयनहरु एकिकृत भएर घाटुमा परिणत हुन्छन् र सर्ट सक्रिट हुने खतरा रहन्छ ।

स्टोरडटले ब्याट्रीमा रहेको ग्रेफाइटलाई सेमीकन्डक्टर नानोपार्टिकलबाट प्रतिस्थापन गर्छ । जहाँ आयनहरु अधिक चाँडो र सजिलो गतिमा हिड्छन । यी नानो पार्टिकलहरु हाल जर्मनीयममा आधारित छन् । जुन पानीमा घुलनशील हुनुका साथै सजिलै उत्पादन गर्न सकिन्छ ।

तर स्टोरडटले ब्याट्रीमा सिलिकन प्रयोग गर्ने योजना बनाएको छ । यो धेरै सस्तो हुनेछ । यसको प्रोटोटाइप यसै वर्षको अन्त्यसम्ममा आउने सम्भावना छ ।

TK Viber

प्रकाशित: ७ माघ २०७७, बुधबार

Loading...