Technology Khabar ७ माघ २०७७, बुधबार
शाओमीले क्यामरासहितको नोटबुक १४ बजारमा ल्याएको छ । शाओमीले अहिले बजारमा क्यामरा नभएको नोटबुक बिक्री गरिरहेको छ ।
कोभिड–१९ का कारण घरबाटै काम र अध्ययन गर्न पर्ने अवस्थामा क्यामरा नभएको नोटबुक धेरैका लागि उपयुक्त नहुन सक्छन् । तर नयाँ एमआई नोटबुक १४ को स्क्रिनको माथिल्लो भागमा बेबक्याम छ ।
नयाँ नोटबुकमा १० जेन इन्टेल कोर आई५ प्रोसेसर छ । नोटबुक १४ मूल्य फिचरका आधारमा ५०० देखि ६८० अमेरिकी डलर हुनेछ ।
यो डिभाइसको फुल नाम शाओमी एमआई नोट १४ (आईसी) र तीन भेरियन्टमा उपलब्ध हुनेछ । सस्तो नोटबुक ८ जीबी र्याम र २५६ जीबी स्टोरेज र बेसिक इन्टेल यूएचडी ग्राफिक्स ६२० यूनिट हुनेछ ।
महँगो भेरियेन्टको इन्टर्नल स्टोरेज सस्तो भेरियेन्टमा दुई गुणा बढी छ । महँगो नोटबुकमा ५१२ जीबी स्टोरेज र एनभिडिया जीइफोर्स एमएक्स२५० ग्राफिक्स कार्ड छ ।
नोटबुक १४ मा १४ इन्चको स्क्रिन छ जसले १६ः९ रेसियोमा १०८० पिक्सेल रिसोलुसन प्रदान गर्छ । नोटबुकमा साटा ३ एसएसडी र ४६ वाट ब्याट्री छ ।
अन्य फिचरमा वाईआई ८०२.११ एसी मोडुल, ब्लूटुथ ५.०, थ्री यूएसबी पोर्ट, एउटा एचडीएमआई पार्ट र ३.५ एमएम अडियो ज्याक छ । नोटबुक १४ को तौल साढे एक किलो र १८ एमएम मोटाइ छ ।
शाओमी एमआई नोटबुक १४ (आईसी) शाओमी इन्डिया बेवसाइट, अमेजन र फ्लिपकार्डबाट किन्न सकिन्छ ।
प्रकाशित: ७ माघ २०७७, बुधबार