माइक्रोसफ्ट र ओर्याकलले डिजिटल कोभिड १९ भ्याक्सिन कार्ड बनाउँदै

Technology Khabar ७ माघ २०७७, बुधबार

माइक्रोसफ्ट र ओर्याकलले डिजिटल कोभिड १९ भ्याक्सिन कार्ड बनाउँदै
Classic Tech

माइक्रोसफ्ट र ओराकल डिजिटल कोभिड-१९ भ्याक्सिन कार्ड बनाउन थालेका छन् । संयुक्त सहकार्यमा माइक्रोसफ्ट र ओराकल डिजिटल कोभिड-१९ भ्याक्सिन कार्ड बनाउने काम गर्न थालेका हुन् ।

अमेरिकामा अन्तराष्ट्रिय हवाई यात्रीहरुले हालै गरिएको कोभिड-१९ को जाँच या त्यो रोगबाट निको भएको प्रमाण वा संक्रमणबाट हालैमा निको भएको रिपोर्ट हाल्नुपर्ने छ । कोभिड-१९ को खोप लगाउन थालिएकाले खोप लगाएकाहरुलाई एयरलाइन्सहरुले चाँडै नै प्लेन चड्न दिनेछन् ।

यही कारणले थुप्रै स्वास्थ्य र टेक संस्थाहरुले आफ्नो खोपको अवस्थाको बारेमा जानकारी फोनमै राख्न मिल्नेगरि डिजिटल कपी बनाउने भएका छन् । यो अभियानमा विशेष गरी माइक्रोसफ्ट, ओर्याकल, सेल्सफोर्स र मायो क्लिनिक जोडिएका छन्।

यसलाई स्मार्ट हेल्थ कार्ड पनि भनिन्छ । स्मार्टफोन नहुनेलाई भने क्यूआर कोड प्रिन्ट गरेर दिइने छ । केही एयरलाइनहरुले भने हेल्थ पासपोर्ट एप नि प्रयोग गर्ने सोचिरहेका छन् । यसमा जाँच नेगेटिभ आएपछि एपमा कन्फर्मेसन कोड आउँछ जसलाई देखाएर प्लेन चँड्न सकिन्छ । एजेन्सी

TK Viber

प्रकाशित: ७ माघ २०७७, बुधबार

Loading...