सुजुकी डिजायर नयाँ प्रिमियम अवतारमा

Technology Khabar ६ माघ २०७७, मंगलवार

सुजुकी डिजायर नयाँ प्रिमियम अवतारमा
Classic Tech

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ ।

२०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको छ । सुजुकी डिजायर दुई भेरियेन्टमा उपलब्ध छ । डिजायर भीएक्सआईको मूल्य ३४ लाख २९ हजार रुपैयाँ र डिजायर जेटएक्सआईको मूल्य ३७ लाख ७८ हजार रुपैयाँ तोकिएको छ ।

‘हामीले सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएका थियौं । बेस्ट इन क्लास फिचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको छ ।’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने ।

‘२०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर राखिएको छ । स्टार्ट–स्टप फंक्सनसहितको के सिरिज डुअल जे, डुअल भीभीटी बीएस६ पेट्रोल इन्जिनले नयाँ डिजायरलाई कम उत्सर्जन र उच्च माइलेजसहितको डिजायरेबल कार बनाएको छ ।

TK Viber

प्रकाशित: ६ माघ २०७७, मंगलवार

Loading...