एनसेलको थ्रीजी सिमकार्ड फोरजीमा अपग्रेड गर्नुस्, २ जीबी फोरजी डाटा बोनसमा पाउनुस्

Technology Khabar ६ माघ २०७७, मंगलवार

एनसेलको थ्रीजी सिमकार्ड फोरजीमा अपग्रेड गर्नुस्, २ जीबी फोरजी डाटा बोनसमा पाउनुस्

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि मंगलबार (माघ ०६) आकर्षक बोनस योजना ल्याएको छ । यो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरजी डाटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

यो आकर्षक योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ । द्रूतगतिको मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधिहरु जस्तै गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत विविध कार्यहरु सजिलै गर्न सकिने कम्पनीको भनाई छ।

सिम अपग्रेड गर्न एनसेल ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारीक बिक्रेता मार्फत आफ्नो सिमकार्ड सजिलै बिना कुनै शुल्क फोरजीमा अपग्रेड गर्न सक्छन् । ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिम लिएर द्रूतगतिको इन्टरनेट सेवाबाट फाइदा लिन सक्छन् ।

यो योजना अन्तर्गतको बोनस फोरजी डाटा ७ दिनको लागि मान्य रहनेछ । फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डाटा प्याक खरिदमा बोनस डाटा, राम्रो डाटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदी रहेका छन् ।

फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोवाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । ग्राहकले आफुले प्रयोग गरेको सिम कार्ड फोरजी सिम हो कि होईन भनेर एस्ट्रिक्स३२४ह्यास डायल गरी वा अंग्रेजीमा अक्षर ठुलो ‘क्यू’ लेखि ३२४ मा एसएमएस पठाई स्टेटस् थाहा पाउन सक्ने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ६ माघ २०७७, मंगलवार

ताजा समाचार