Technology Khabar ६ माघ २०७७, मंगलवार
भिभोले जनवरी २१ मा भिभो एक्स६० प्रोप्लस ५जी स्मार्टफोन चीनमा सार्वजनिक गर्ने भएको छ । यो यस अघि सन् २०२० डिसेम्बरमा सार्वजनिक गरिएको भिभो एक्स६० र एक्स ६० प्रोको शक्तिशाली भर्सन हो ।
सार्वजनिक अघि कम्पनीले भिभो एक्स६० प्रोप्लस ५जी स्मार्टफोनको डिजाइन र फिचर बाहिर ल्याएको छ ।
भिभो एक्स६० प्रोप्लस ५जी स्मार्टफोन डुअल मेन क्यामरा र स्न्यापड्रागन ८८८ चिपसेट र एन्ड्रोइड ११ अपेरटिङ सिस्टममा आउने छ।
भिभो एक्स६० र एक्स६० प्रोमा एक्सनोज १०८० चिपसेट र एन्ड्रोइड ११ अपरेटिङ सिस्टमा उपलब्ध छ । टिपस्टर डिजिटल च्याट स्टेसनका अनुसार भिभो एक्स६० प्रोप्लस ५जीमा क्वाड क्यामरा सटअअप छ । जसमा सामसङका जीएन १५० मेगापिक्सेल प्राइमरी क्यामराले एफ/१.६ अपर्चर छ ।
४८ मोगापिक्सेलको अल्ट्रावाइड लेन्स छ जसमा दोस्रो जेनेरेसनको माइक्रो जिमबल स्टेबललाइजेसन दिइएको छ । डुअल मुख्य क्यामरा ५ एक्स पेरिस्कोप टेलिफोटो लेन्स र पोट्र्रेट सेन्सर जाडन गरिएको छ ।
यो फोन भिभो चीनको आधिकारीक बेवसाइटमा राखिएको छ ।
उपभोक्ताले ७.७ डलरमा भिभो एक्स६० प्रोप्लस ५जी बुक गर्न सक्नेछन् ।
भिभो एक्स६० प्रोप्लस ५जी दुई कलरमा उपलब्ध छ । डार्क ब्लू र क्लासिक ओरेन्जमा उपलब्ध छ । दुई भेरियेन्ट ८ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ।
भिभो एक्स६० र एक्स ६० प्रोमा जस्तै यसमा पनि ६.५६ इन्च एमोलेड स्क्रिन रहनेछ जसको रिफ्रेस रेट १२० हर्ज हुनेछ । ५५ वाटको फ्रास्ट चार्जिङमा आउने चर्चा छ। एजेन्सी
प्रकाशित: ६ माघ २०७७, मंगलवार