टर्कीले ट्विटरमा विज्ञापन दिन प्रतिबन्ध लगायो

Technology Khabar ६ माघ २०७७, मंगलवार

टर्कीले ट्विटरमा विज्ञापन दिन प्रतिबन्ध लगायो
Classic Tech

टर्की सरकारले ट्विटर, पेरिस्कोप र पिन्टेरेस्टमा विज्ञापन गर्न प्रतिबन्ध गरेको छ । टर्कीको इन्फरमेसन एन्ड कम्निकेसन टेक्नोलोजी प्राधिकरणले ट्विटर, रिस्कोप र पिन्टेरेस्टमा विज्ञापन गर्न प्रतिबन्ध गरेको हो ।

टर्कीले भर्खर ल्याएको नयाँ सोसल मिडिया कानून अनुसार ट्विटर, रिस्कोप र पिन्टेरेस्टमा विज्ञापन गर्न प्रतिबन्ध लगाउने भन्ने सूचना राज्यको आधिकारीक राजपत्रमा मंगलबार प्रकाशित गरेको छ ।

सोसल मिडिया कम्पनीले विज्ञापन प्राप्त गर्नका लागि टर्कीमा स्थानीय प्रतिनिधिहरु नियुक्त गर्नुपर्ने उक्त कानूनमा भनिएको छ ।

सोमबार फेसबुक लगायत केहि सोसल मिडिया कम्पनीले टर्कीमा स्थानीय प्रतिनिधि राख्ने बताएका छन् । यूट्यूवले एक महिना अघि नै टर्कीमा स्थानीय प्रतिनिधि नियुक्त गर्ने निर्णय गरेको छ ।

सोसल मिडिया माथिको विज्ञापन प्रतिबन्ध मंगलबारदेखि लागु हुने टर्कीको आधिकारीक राजपत्रमा उल्लेख छ । एजेन्सी

TK Viber

प्रकाशित: ६ माघ २०७७, मंगलवार

Loading...