सामसङ ग्यालेक्सी एस१० मा एन्ड्रोइड ११ अपडेट सुचारु, कस्ता छन् फिचर र अपडेट कसरी गर्ने

Technology Khabar ६ माघ २०७७, मंगलवार

सामसङ ग्यालेक्सी एस१० मा एन्ड्रोइड ११ अपडेट सुचारु, कस्ता छन् फिचर र अपडेट कसरी गर्ने

काठमाडौं ।

सामसङ ग्यालेक्सी एस१० स्मार्टफोनले एन्ड्रोइड ११ मा आधारित वान यूआई ३.० अपडेट सुचारु भएको छ । सामसङले केहि समय अघि सिमित क्षेत्रमा मात्र ग्यालेक्सी एस१० का प्रयोगकर्तालाई एन्ड्रोइड ११ मा आधारित वान यूआई ३.० अपडेट दिइएको थियो ।

सोमबारदेखि ग्लोबलि सामसङले ग्यालेक्सी एस१० मा एन्ड्रोइड ११ मा आधारित वान यूआई ३.० अपडेट दिएको हो ।

सामसङ ग्यालेक्सी एस१० ले जी९७३एफएक्सएक्सयू९ईटीएलजे बिल्ड नम्बरमा एन्ड्रोइड ११ अपडेट पाईरहेको छ । अपडेटको क्षमता करिब २ जीबी छ । यो एकदमै ठूलो अपडेट हो ।

एस१० अपडेट गर्ने योजनामा हुनुहुन्छ भने मोबाइल डाटा भन्दा वाईफाईबाट गर्नु उपयुक्त हुन्छ । २ जीबीको अपडेट लिन ठूलो डाटा खपत हुन्छ ।

अपडेटमा वान यूआई ३.० को सम्पूर्ण फिचर पाउन सकिन्छ । यसमा सूधारिएको यूआई, उपलब्ध फिचरका लागि उत्तम उपयोगिता, रिफाइन क्विक प्यानल लगायत पाउन सकिन्छ । यो अपडेटमा सन् २०२० को सेक्यूरिटी प्याच पनि पाइन्छ ।

Global Bank
easy care

प्रकाशित: ६ माघ २०७७, मंगलवार

ताजा समाचार