बाणिज्य विभागले अनलाइन सेवामार्फत सेवाग्राहीलाई सहजता बनाउने

Technology Khabar ६ माघ २०७७, मंगलवार

बाणिज्य विभागले अनलाइन सेवामार्फत सेवाग्राहीलाई सहजता बनाउने
Classic Tech

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन सेवामा सहजीकरण गर्न अनलाइन बैङ्किङ सेवा प्रदायक संस्थालाई आह्वान गरेको छ ।

विभागले सूचना सार्वजनिक गर्दै नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त सेवा निःशुल्क उपलब्ध गराउन इच्छुक संस्थालाई सात दिनभित्र आउन आह्वान गरेको हो ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आएको अनलाइन सेवामा बिचौलिया बढेको गुनासो बढेपछि विभागले अनलाइन सेवाका सहायता कक्ष स्थापना गर्नुपर्ने जानकारी दिए ।

उनले विद्युतीय माध्यमबाट व्यवसाय दर्तालगायत अन्य सेवा लिन आउने सेवाग्राहीलाई सेवा लिन सहजीकरणका गर्ने उद्देश्यले सेवा प्रदायकलाई आग्रह गरिएको बताए ।

विभागले सूचनामा सहायता कक्षका लागि आवश्यक जनशक्ति कम्प्युटरलगायतका उपकरण उपलब्ध गराउनेसमेत जानकारी गराएको छ।

इच्छुक आधिकारिक सेवा प्रदायक संस्थाले विभागमा दर्ता भएका व्यापारिक फार्मलाई विद्युतीय माध्यमबाट कारोबार गर्न आवश्यक क्यूआर कोड निःशुल्क उपलब्ध गराउने तथा क्यूआर कोड प्रयोगसम्बन्धी तालिम प्रदान गर्नुपर्नेछ ।

TK Viber

प्रकाशित: ६ माघ २०७७, मंगलवार

Loading...