Technology Khabar ५ माघ २०७७, सोमबार
ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट, ओपो ए१५ सार्वजनिक गरेको छ । ओपो ए१५ले प्रयोगकर्ताका दैनिक मनोरञ्जन र सञ्चार आवश्यकताको माग सहजै पूर्ति गर्ने कम्पनीको दावी छ ।
एआई ट्रिपल क्यामेरा र ६.५२” को ठूलो स्क्रिन सुसज्जित ओपो ए१५ले स्पष्ट र सटिक तस्विर खिच्नुका साथै ठूलो डिस्प्ले मार्फत अभूतपूर्व अनुभव पनि प्रदान गर्ने कम्पनीको दाबी छ।
ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “ओपो ए१५मा रहेका एआई ट्रिपल क्यामेराको सहायताले उत्कृष्ट तस्विर खिच्न सक्नुका साथै, यसमा रहेको ६.५२” को ठूलो स्क्रिनमा एचडी+को मज्जा समेत लिन सकिन्छ । फोनले तपाईँका आफन्त र मित्रजन संग निरन्तर सम्पर्कमा रहिरहनपनि उत्तिकै सहयोग गर्नेछ ।”
माघ ५ गतेदेखि ओपोका प्रमुख विक्रि केन्द्र मार्फत फोन देशभर उपलब्ध गराइएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहना अनुसार फोनको छनोट गर्न सक्छन् ।
फोनमा ३जीबी ¥याम र ३२ जीबी रोमको ब्यवस्था गरिएको छ । ओपो ए१५को बजार मूल्य रु. १८ हजार ५ सय ९० निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: ५ माघ २०७७, सोमबार