Technology Khabar ५ माघ २०७७, सोमबार
नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डा सिटीको ५ औं जेनरेसन बजारमा भित्राएको छ । होण्डा सिटी भीएक्स सीभीटी र जेटएक्स सीभीटी भेरियन्टमा उपलब्ध छ ।
भीएक्स सीभीटीको मूल्य ६५ लाख ९० हजार र जेटएक्स सीभीटीको मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । आकर्षक डिजाइन भएको होण्डा सिटीको यस जेनरेसनको लम्बाई र चौडाई अघिल्लो जेनरेसन भन्दा बढी छ ।
होण्डाको सोलिड विइङ्ग फेस डिजाइनमा आधारित यस होण्डा सिटीमा वन् टच् इलेक्ट्रिक सनरुफ, शार्क फिन एन्टेना, फुल एलइडी हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इनटिग्रेटेड एलईडी डीआरएल छ ।
एल आकार एलइडी. टर्न इन्डिकेटर, जेट आकार थ्रीडी र्याप एराउण्ड यूनिफर्म एलइडी साइड साइड मार्क लाइट लगायत फिचर छन् । यसका साथै होण्डा सिटीले पहिलो पटक यस सेग्मेन्टमा एलेक्सा भ्वाईस सर्भिस मार्फत कार उपभोक्ताहरुलाई सामाजिक र डिजिटल संसारसँग जोड्ने छ ।
उत्कृष्ट माइलेज रहेको होण्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा १८.४ किमि. प्रति लिटर र ६ स्पिड म्यानूयल ट्रान्समिसनमा १७.८ किमि प्रति लिटरको माइलेज प्राप्त गर्न सकिने बताईएको छ ।
यसका साथै यस सेग्मेन्टमा लेन वाँच क्यामेरा भएको होण्डा सिटी पहिलो सेडान हो जसले पार्किङ्गलाई सहज बनाउँछ । आई–एसआरएस युक्त ६ एयर ब्याग रहेको यो कार आफ्नो सेग्मेन्टको सबै भन्दा सुरक्षित कार भएको कम्पनीको दाबी छ ।
प्रकाशित: ५ माघ २०७७, सोमबार