चर्चित मोबाइल गेम ‘बिलिनियर क्यासिनो स्लट’ बनाउने कम्पनी हुगेले आईपीओ जारी गर्ने

Technology Khabar ५ माघ २०७७, सोमबार

चर्चित मोबाइल गेम ‘बिलिनियर क्यासिनो स्लट’ बनाउने कम्पनी हुगेले आईपीओ जारी गर्ने
Classic Tech

मोबाइल गेम डेभलपर हुगे इंकले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । हुगेको चर्चित गेम ‘बिलिनियर क्यासिनो स्लट’ रहेको जुन १० मिलिनभन्दा धेरै पटक डाउनलोड भएको छ ।

कम्पनीले १५० मिलियन अमेरिकी डलर बराबरको आईपीओ जारी गर्न लागेको हो ।

पोल्यान्डमा मुख्य कार्यालयको रहेको हुगे आईपीओ जारी गर्ने कम्पनीमा सूचिकृत भएको हो । कोभिड–१९ को प्रकोपका कारण अनलाईन गेम, सपिङमा मानिसको आकर्षण बढिरहेको छ ।

कम्पनीले सन् २०२० अगष्टमा आईपीओका लागि प्रस्ताव पेस गरेको थियो ।

कम्पनीको कुल पूँजीको २५ प्रतिशत आईपीओ जारी गरिनेछ । हुगेमा सबैभन्दा धेरै सेयर प्रमुख कार्यकारी निर्देशक एन्टोन गोफिनको ४२ प्रतिशत छ ।

कम्पनीले सन् २०२० को पहिलो ९ महिनामा २४४ मिलियन अमेरिकी डलर आम्दानी गरेको छ । सन् २०१९ को सोहि अवधिमा १८७ अमेरिकी डलर थियो । विभिन्न १० देशमा कार्यालय रहेको यस कम्पनीमा ६०० भन्दा धेरै कर्मचारी कार्यरत छन् । रोयटर्स

TK Viber

प्रकाशित: ५ माघ २०७७, सोमबार

Loading...