एप्पलको म्याकबुक प्रोमा चार्जिङको समस्या

Technology Khabar ५ माघ २०७७, सोमबार

एप्पलको म्याकबुक प्रोमा चार्जिङको समस्या
Classic Tech

एप्पलको म्याकबुक प्रोमा चार्जिङको समस्या देखिएको छ । सन् २०२१ को सुरुवाती देखि म्याकबुक प्रोमा चार्जिङको समस्या देखिएको छ । सुरुवाती चरणमा उक्त समस्यालाई सामान्य रुपमा लिइएको थियो ।

अहिले यो समस्याले बिकराल रुप लिइसकेको छ । रिपोर्टका अनुसार, प्रयोगकर्ताले म्याकबुक प्रो चार्ज गर्दा १ प्रतिशत मात्र ब्याट्री देखाउँछ र मर्मत आवश्यक रहेको डिस्प्लेमा सूचना देखिन्छ। यस्तो समस्या सन् २०१७ को म्याकबुक प्रोमा पनि अधिक देखिएको छ।

केहि प्रयोगका अनुसार यो समस्या म्याकोस बिग सुर प्रणालीको ११.१ संस्करणमा अपग्रेडको कारण भएको हो । यद्यपी केहि प्रयोगकर्ताका अनुसार भर्खर उपलब्ध भएको म्याकोस किब सुर सिस्टम संस्करण अपडेट नगर्दा पनि चार्ज गर्न सकिएको छैन ।

एप्पल ग्राहक सेवाको आधिकारिक रिर्पोट अनुसार अपडेटमा रहेका केहि लिंकहरुका कारण यो समस्या आएको हो । एप्पलका इन्जिनियरहरु यो समस्या समाधान गर्न लागि परेका छन् ।

यदि तपाईले प्रयोग गरिरहनु भएको म्याकबुक प्रोमा देखिएको समस्या हल हुन केहि समय पर्खनुपर्ने हुन्छ । यदपी कम्पनीले यो समस्या कहिले समाधान हुन्छ भने समयसिमा तोकेको छैन । एजेन्सी

TK Viber

प्रकाशित: ५ माघ २०७७, सोमबार

Loading...