२ करोड ६० लाख रुपैयाँ खर्च गरेर नयाँ कार्यालय तयार पार्दै दूरसञ्चार प्राधिकरण

Technology Khabar ५ माघ २०७७, सोमबार

२ करोड ६० लाख रुपैयाँ खर्च गरेर नयाँ कार्यालय तयार पार्दै दूरसञ्चार प्राधिकरण
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

जमल नाचघर भवनमा सर्न लागेको नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ अफिसको लागि अढाई करोड रुपैयाँ भन्दा धेरै खर्च गर्नुपर्ने भएको छ ।

प्राधिकरणले हालै सो स्थानमा आफ्नो नयाँ कार्यालय स्थानान्तरण गर्नको लागि र संरचनाहरु तयार पार्नको लागि २ करोड ६० लाख रुपैयाँको ठेक्का दिएको छ ।

हाल कमलादी प्रज्ञा भवन अगाडी रहेको प्राधिकरणको कार्यालय साँघुरो रहेको भन्दै जमल नाचघरमा सर्न लागेकोमा सो नाचघरमा नयाँ संरचना बनाउन र डेकोरेशन तयार पार्न २ करोड ६० लाख १५ हजार रुपैयाँमा ठेक्का दिएको हो । सो कार्यालय संरचना तयार पार्ने कामको ठेक्का चितवनको सेफ स्टिल प्रालिले पाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले निकै समय अघिदेखि हालको कार्यालय साँघुरो भएको भन्दै नयाँ स्थानमा सर्न खोजिरहेको थियो । जसअनुसार प्राधिकरणले सरकारले दिने निर्णय गरेको रेडियो नेपालको जग्गामा आफ्नै भवन बनाउने योजना समेत लिएको थियो । तर सो जग्गा अझसम्म उपलब्ध हुन सकेको छैन् ।

प्राधिकरणले सांस्कृतिक संस्थानको अधिनमा रहेको नाचघरको संरचनामा भाडामा बस्नेगरि असोज २१ गते सम्झौता गरेको थियो ।

सम्झौताअनुसार प्राधिकरणले ७० रुपैयाँ प्रति स्क्वायरफिटमा सो भवन लिनेछ र सम्झौता अवधि १० वर्ष रहेको छ ।

सम्बन्धित-

नेपाल दूरसञ्चार प्राधिकरण जमलमा रहेको सांस्कृतिक संस्थानको भवनमा सर्ने

easy care

प्रकाशित: ५ माघ २०७७, सोमबार

ताजा समाचार