सामसङ ग्यालेक्सी एम६२ मा निकै शक्तिशाली ब्याट्री, साथमा २५ वाटको चार्जर

Technology Khabar ५ माघ २०७७, सोमबार

सामसङ ग्यालेक्सी एम६२ मा निकै शक्तिशाली ब्याट्री, साथमा २५ वाटको चार्जर

काठमाडौं ।

सामसङको एम सिरिजको नयाँ फोन ग्यालेक्सी एम६२ शक्तिशाली ब्याट्रीका साथमा आउने भएको छ । सामसङ ग्यालेक्सी एम६२ मा ७००० एमएएच ब्याट्रीमा उपलब्ध हुनेछ ।

सामसङ ग्यालेक्सी एम६२ ले एफसीसी सर्टिफिकेट पनि प्राप्त गरिसकेको छ । सामसङको आउँदो फोनमा २५ वाटको चार्जर, सी पोर्ट यूएसबी र ३.५ एमएम हेडफोन ज्याक हुनेछ ।

सामसङ ग्यालेक्सी एम६२ मा एक्सनोज ९८२५ चिपसेट र एन्ड्रोइड ११ अपरेटिङ स्टिममा उपलब्ध हुनेछ ।

यो स्मार्टफोनको बारेमा धेरै जानकारी बाहिरिएको छैन । निकट भविष्यमा सामसङले यसको फिचर बाहिर ल्याउने छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ५ माघ २०७७, सोमबार