यस्ता छन् कामै नहुने अचम्मका केहि एप्स, लाखौं मानिसहरुले गरेका छन् डाउनलोड

Technology Khabar ५ माघ २०७७, सोमबार

यस्ता छन् कामै नहुने अचम्मका केहि एप्स, लाखौं मानिसहरुले गरेका छन् डाउनलोड
Classic Tech

प्रविधिको विकाससँगै धेरै उपयोगी एप निर्माण भइरहेका छन् । स्मार्टफोन मार्फत सञ्चालन हुने एपले मानिसको दैनिकी सहज भइरहेको छ । एप निर्माता कम्पनीले पनि विभिन्न प्रकार र प्रकृतिका एप बनाइरहेका छन् ।

तर यस्ता कयौं एप छन् जसको जीवनमा खासै उपयोग छैन । तर पनि ती एप लाखौंका संख्यामा डाउनलोड भएका छन् ।

इज इट डार्क आउटसाइड (Is It Dark Outside?)

आईओएस प्लेटफर्मका लागि निर्माण गरिएको इज इट डार्क आउटसाइड भन्ने एप छ । यो एपको काम भनेको बाहिर घाम लागेको छ वा अध्यारो छ भन्ने जानकारी दिन्छ ।

सेन्ड मी टु हेवन (Send Me To Heaven)

सेन्ड मी टु हेवन (SMTH) एन्ड्रोइड भर्जनको एप हो । सेन्ड मी टु हेवन एप प्रयोग गर्दा फोन हावामा उड्छ । सेन्ड मी टु हेवन एप प्रयोग गर्दा फोन फुट्ने खतरा पनि रहन्छ ।

पिम्पल पोपर (Pimple Popper)

पिम्पल पोपर एन्ड्रोइड तथा आईओएस दुवै फोनमा डाउन लोड गर्न सकिन्छ । पिम्पल पोपर एपले पिम्पल (डण्डीफोर) फुटाउने सम्पूर्ण जानकारी दिन्छ । पिम्पल फुटाउन आनन्द मान्ने व्यक्तिका लागि भनेर पिम्पल पोपर एपको विकास गरिएको हो ।

यूजलेस (Useless)

यूजलेस एन्ड्रोइड प्लेटफर्मका लागि बनाइएको एपको कुनै प्रयोग छैन । तर पनि प्लेस्टोरमा यसले फाइभ स्टार रेटिङ प्राप्त गरेको छ । यूजलेस एक लाखभन्दा धेरै पटक डाउनलोड भएको छ ।

फेक च्याट (Fake Chat)

फेक च्याट अचम्मको एप छ । यसमा फपेक च्याट निर्माण गरेर आफैलाई म्यासेज पठाउन सकिन्छ । यो एन्ड्रोइड फोनको लागि तयार पारिएको एप हो ।

यो (Yo)

यो पनि अचम्मको एप हो । यसमा प्रयोगकर्ताले यो मात्र लेखेर पठाउन सक्छन् । यो एप एन्ड्रोइड तथा आईओएस दुबैमा उपलब्ध छ ।

मिलियन डलर

मिलियन डलर एपले प्रयोगकर्तालाई ५० र १०० डलरको नोटलाई एक मिलियन डलरसम्म गन्ने मौका प्रदान गर्छ । मिलियन डलर एप आईओएसका लागि निर्माण गरिएको हो ।

प्लेसेज आई ह्याभ पूप्ड (Places I Have Pooped)

प्रयोगकर्ताले कुन कुन ठाउँमा गएर शौचालय गरेका छन् भन्ने जानकारी प्लेसेज आई ह्याभ पूप्ड एपमा राख्न सकिन्छ । शौच गरेको ठाउँ रिमाइन्ड तथा चेकलिस्ट गर्न प्लेसेज आई ह्याभ पूप्डको प्रयोग हुन्छ ।

रनपी(RunPee)
कोरोनाको युगमा, यो एपको काम छैन, तर हुनसक्छ जब कोरोना सकिएपछि भने मानिसहरूले यसलाई प्रयोग गर्न सक्दछन्। यस एपले सिनेमा हलमा रिलिज फिल्मको प्लट ट्र्याक गर्दछ, ताकि यसले तपाईंलाई कहिले बोरिंग दृश्य वा कथानक हुन जान्छ भनेर भन्दछ। स्लो प्लट चलिरहेको बेलामा फोन भाइब्रेट गर्दछ र उसले तपाईंलाई बताउँछ कि तपाईं शौचालय जान सक्नुहुन्छ भनेर। यस एपले तपाईंलाई फिल्मको कुनै महत्त्वपूर्ण दृश्यलाई गुमाउन बाट बचाउँछ। यो एप दुबै एन्ड्रोइड र आईओएसका लागि उपलब्ध छ ।

TK Viber

प्रकाशित: ५ माघ २०७७, सोमबार

Loading...