नागरिक एपमार्फत ३२५ जनाले पाए प्यान नम्बर, जनताको सिधा पहुँच बिस्तार गर्ने प्रधानमन्त्रीको भनाई

Technology Khabar ४ माघ २०७७, आईतवार

नागरिक एपमार्फत ३२५ जनाले पाए प्यान नम्बर, जनताको सिधा पहुँच बिस्तार गर्ने प्रधानमन्त्रीको भनाई

काठमाडौं ।

शुक्रबार सरकारले सार्वजनिक गरेको नागरिक एप मार्फत शनिबार सार्वजनिक बिदाको दिनमा ३२५ जनाले कर कार्यालयमार्फत प्यान नम्बर लिएका छन् ।

सार्वजनिक बिदाको दिन भएपनि बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत आधिकारीक ट्विटर एकाउन्टमार्फत जानकारी दिईएको छ।

उनले यसलाई थप बिस्तार गर्दै लाने समेत उल्लेख गरेका छन् ।

कार्यालय अवधि र कर्मचारीको उपस्थिति बिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित भएको भन्दै नागरिक एपमार्फत यस्तो सेवा प्राप्त गर्नु हाम्रो सन्दर्भमा युगान्तकारी रूपान्तरण भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्रीको आधिकारीक ट्विटर एकाउन्टबाटै सबैलाई सो एपमार्फत सेवा लिन अनुरोध समेत गरेका छन् ।

‘नागरिक एप मार्फत सेवामा आम जनताको सिधा पहुँच थप विस्तार गर्दै लगिने छ। सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई नागरिक एप मार्फत घरमै बसीबसी सेवा लिने प्रक्रियामा आवद्ध हुन आव्हान गर्दछु ।’ प्रधानमन्त्रीले ट्विटरमा भनेका छन् ।

सो एपमार्फत सरकारले सम्पूर्ण सरकारी सेवा एकिकृत रुपमा अनलाइनमार्फत दिने उद्धेश्य लिएको छ ।

Global Bank
easy care

प्रकाशित: ४ माघ २०७७, आईतवार

ताजा समाचार