नेवारी थिममा द क्लासिक जिंगो रेष्टुरेन्ट सञ्चालनमा

Technology Khabar ४ माघ २०७७, आईतवार

नेवारी थिममा द क्लासिक जिंगो रेष्टुरेन्ट सञ्चालनमा

काठमाडौं ।

१९९० को नेवारी थिममा, द क्लासिक जिंगो रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

पारिवारिक वातावरण युक्त रेष्टुरेन्ट काठमाडौं कपनस्थित दुर्गामंदिरमा अवस्थित छ । वैदेशिक रोजगारीबाट फर्केका युवाले एकै थलोमा अन्तर्राष्ट्रिय तथा लोकल परिकार उपलब्ध गराउने उद्देश्यले जिंगो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

रेष्टुरेन्टमा नेवारी, मेक्सिकन, मिक्स कंटिनेन्टल र लोकल खानाहरु उपलब्ध छन् । वैदेशिक रोजगारीका क्रममा दुबई र मालदिप्स्मा चार वर्ष सेफका रुपमा काम गरेका युवा पुष्कर श्रेष्ठले जिंगो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

विदेशमा सिकेको सिप स्वदेशमा उपयोग गर्नपर्छ भन्नेमा विश्वास गर्ने श्रेष्ठले कोभिड–१९ को महामारीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । ‘नेपालमा हरेक क्षेत्रमा व्यवसायीक सम्भावना छ’, श्रेष्ठले भने, ‘सिप, आइडिया र पुँजीको अभावले गर्दा यहाँको युवा विदेशिने गरेका छन् ।’

विदेशमा सिकेको सिपलाई उपयोग गर्न सकिए स्वदेशमै आत्मनिर्भर हुन सक्ने श्रेष्ठको भनाई छ । शान्त र हरियाली वातावरण भएको ठाउँ भेटिएकाले कोभिड–१९ को बिचमै रेष्टुरेन्ट सञ्चालन गरिएको उनले बताए ।

रेष्टुरेन्ट करिब एक रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त स्थानमा विभिन्न प्रकारको रुख विरुवका साथै चार वटा प्राइभेट कटेज पनि छ । शान्त र स्वच्छ वातावरणमा गुणस्तरिय र स्तरिय खानाका लागि जिंगो काठमाडौंबासीका लागि उत्कृष्ट विकल्प हुन सक्छ ।

काठमाडौंको चक्रपथ गोपीकृष्ण हलदेखि साढे एक किमी र सुकेधाराबाट १.३ किमीको दुरीमा अवस्थित छ ।

रेष्टुरेन्टमा अन्तराष्ट्रियस्तरमा खानाका शौखिनकाबीच लोकप्रिय बन्दै गएको टाकोस, नाचोस साथै स्वदेशी नेवारी सेट, समैबजी, यमरी, छोयला, बारबिक्यू लगायतका खाना एउटै थलोमा प्राप्त गर्न सकिन्छ । ‘नेपालीहरुमा पछिल्लो समयमा विभिन्न स्वादको खाना खाने प्रचलन बढ्दो छ । नेपाली विश्वका हरेक देशमा पुगेका छन्,’ श्रेष्ठले भने, ‘स्वदेशमै अन्तर्राष्ट्रियस्तरको खाना खाने धेरैको चहाना हुन्छ ।’

उपभोक्तालाई स्तरिय र गुणस्तरिय स्वादिलो खाना चखाउन रेष्टुरेन्ट सञ्चालन गरिएको उनले बताए ।

‘स्वदेशमा जस्तो विदेशमा आत्मसन्टुष्टि मिल्दैन,’ श्रेष्ठले भने, ‘विदेशमा जति पैसा कमाए पनि सुखदुःख बढ्नका लागि परिवार तथा साथी पाइदैन ।’

नेपालमा थोरै पैसा कमाए पनि आत्मसन्टुष्टि मिल्ने उनको भनाई छ । जिंगमा एक सय २० जनासम्म अट्ने क्षमता छ । यहाँ विवाह, वर्तबन्धन, पास्नी, लाइभ म्यूजिक लगायत आयोजना गर्न पर्याप्त पुर्वाधार पनि रहेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ४ माघ २०७७, आईतवार